Comments Add Comment

‘च्याम्प चितवन’को उपाधि अशु र दिवसलाई


चितवनमा संचालन भएको ‘च्याम्प चितवन २०७४’ नामक प्रतिस्पर्धामा बालिकातर्फ अशु श्रेष्ठ र बालकतर्फ दिवश सापकोटा विजयी भएका छन् । विजेता बनेकी अशुले प्रतियोगितामा पपुलर र ट्यालेन्ट विधाको अवार्ड पनि आफ्नो नाममा सुरक्षित बनाउन सफल भइन् ।

ईप्लानेट प्रा.लि.को सहकार्यमा होलिडेज् क्रियसन होमले आयोजना गरेको सो प्रतियोगितामा सिम्रन भुषाल र सुयोग उपाध्याय फस्ट रनरअप तथा आरजु गौतम र दिपक गौतम सेकेन्ड रनरअप हुन सफल भएका छन् । ३० जना बालिका र २० जना बालकहरुको यो प्रतियोगीतामा सहभागिता थियो ।

यो प्रतिस्पर्धाको प्रमुख मुल्यांकनकर्तामा नायक राजेश हमाल थिए भने सन्तोष सापकोटा, दिपक खाँण पनि निर्रणायकमण्डलमा सहभागी थिए । च्याम्प चितवन विजेताहरुलाई नगद सहित साइकल लगायत विभिन्न उपहार प्रदान गरिएका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment