Comments Add Comment

फिल्म समीक्षाः हिरो र हिरोइन औंठी खोज्ने, दर्शक कहानी खोज्ने

फिल्म समीक्षाः हिरो र हिरोइन औंठी खोज्ने, दर्शक कहानी खोज्ने

फिल्म- जब ह्यारी मेट सेजल

स्टार कास्ट- शाहरुख खान, अनुष्का शर्मा, कृष्णांश वर्मा, चन्दन राया आदि

निर्देशक-इम्तियाज अली

निर्माता- गौरी खान

शाहरुख खान र इतियाज अली दुबै रोमान्टिक फिल्मका लागि कहलिएका छन् । रकस्टार, ककटेल, हाइ वे, लभ आजकल जस्ता फिल्मका निर्देशक र शाहरुखको जोडीले सिल्भर स्त्रिmनमा जादु देखाउनु पर्ने हो । तर, उनीहरुको यो साठगाँठ त्यती कसिलो र रसिलो हुन सकेन । ‘जब ह्यारी मेट सेजल’ ले त्यस्तै संकेत गर्छ ।

शाहरुख खानको हरेक फिल्म प्रतिक्षित हुन्छ । ‘जब ह्यारी मेट सेजल’ पनि दर्शकले अधैर्यपू्र्वक पर्खिएको फिल्म हो । तर, यसले दर्शकको तलतल मेट्न सक्ने छाँट छैन । फिल्म हेर्दा लाग्दैन कि, यो शाहरुख खानको फिल्म हो । इम्तियाज अलीलाई पनि विर्सनै पर्ने हुन्छ ।

कथा

यो कथा टुरिस्ट गाइड ह्यारी अर्थात शाहरुख खान र एक गुजराती युवती अनुष्का शर्माको हो । कथा बेलायतबाट सुरु हुन्छ, जहाँ ह्यारी टुरिस्ट गाइड छन् । त्यही गुजराती सेजल हुनेवाला पतिसँग घुम्न आउँछिन् । उनीहरुको इंगेजमेन्ट हुन्छ । जब यो जोडी भारत र्फकने तरखरमा हुन्छन्, इंगेजमेन्टको औंठी हराउँछ ।

औंठी खोज्नका लागि सेजल त्यही बस्छिन् । यसै क्रममा उनको भेट टुरिस्ट गाइड ह्यारीसँग हुन्छ । ह्यारीको मद्दतले औंठी खोज्न थाल्छिन्, सेजल । त्यही औंठीको खोजीले दुबैलाई नजिक ल्याउँछ र प्रेम अंकुराउँछ । सेजल पटक पटक भन्छिन्, ‘औंठी फेला पर्‍यो भने म फर्किन्छु ।’ के उसले औंठी फेला पार्छिन् ? त्यसपछिको यात्रा के हुन्छ ? फिल्मले सिलसिलाबद्ध रुपमा त्यही कथा पस्किएको छ ।

हिरो हिरोइन, औंठी खोज्ने

केलाउँदै जाँदा फिल्ममा अनगिन्ती कमजोरी फेला पर्छ । पहिलो कुरा त एउटा औंठीको खोजीबाट यी सबै घटनाक्रमहरु हुन्छन्, जो फिल्मको मूल कथा हो । एउटा औंठीको लागि युवती बिदेशमा त्यतीका पैसा खर्च गरेर किन रोकिन्छे ? इम्तियाज यसको जबाफमा चुकेका छन् ।

त्यतीका समय खोजिएको औंठी आखिरमा सेजलको पर्समा फेला पर्छ । यस्तो फितलो कथा उनेर बनाइएको फिल्मले शाहरुखको असफल फिल्मको सूची लम्बाउने बाहेक केहि काम गर्दैन ।

दर्शक, कथा खोज्ने

फिल्ममा दर्शकले गतिलो कथा फेला पार्दैनन् । कथामा नयाँपन पनि छैन ।

फिल्ममा इम्तियाजको रचनात्मक शुन्यमा बदलिएको छ । जब शाहरुख र अनुष्का नजिकिन्छन्, फिल्म गर्मराउनुपर्ने हो । तर, त्यस्तो छैन । उनीहरुको रोमान्स फिका लाग्छ ।

फिल्मलाई अनुष्का शर्मा र केहि गीतले धानेको छ । गुजराती युवतीको रुपमा उनको अभिनय दमदार छ । तर, शाहरुखसँगको रोमान्स एकदमै बनावटी लाग्छ ।

रोमान्सका बादशाह शाहरुखले लामो समयपछि रोमान्टिक फिल्म खेलेका हुन् । तर, यसपटक फिल्म छनौट गर्ने क्रममा उनी चुकेका छन् ।

फिल्मको कथामा रोमान्स, ड्रामा, कमेडी छैन । यात्रा फिल्ममा मनोरन्जक र रोमाञ्चक हुनुपथ्र्यो, तर यो एकदमै दिक्कलाग्दो छ । फिल्म इम्तियाजले लेखेका हुन्, तर कथा एकदमै फिका छ ।  इम्तियाजको यो सबैभन्दा झुर फिल्म हो, अहिलेसम्मको ।

जब ह्यारी मेट सेजलका हिरो-हिरोइन फिल्मभर औंठीको खोजी गर्छन्, दर्शक चाहि कथाको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment