Comments Add Comment

पर्वतारोहण संघको चुनाव सकियो, मतगणना ६ बजेबाट

२१ साउन, काठमाडौं । नेपाल पर्वतारोहण संघको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन सम्पन्न भएको छ ।

१ हजार ३९ मतदाता रहेकोमा ७६० मत खसेको छ । साँझ ६ बजेबाट मतगणना सुरु हुने महासचिव ठाकुरराज पाण्डेले अनलाइनखबरलाई जानकारी दिए ।

संघको नेतृत्व लिन एमालेको नेतृत्वमा माओवादी र शेर्पाहरुको समूहको एउटा प्यानल बनेको छ । एमाले नेतृत्वको प्यानलको अध्यक्ष सन्तवीर लामा छन् ।

त्यस्तै कांग्रेसको समूहबाट पूर्व अध्यक्ष जिम्बा जाङ्बु शेर्पाको नेतृत्वको प्यानल चुनावी मैदानमा उत्रिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment