Comments Add Comment

लक्जरी कार तस्करी गर्दागदै रंगेहात पक्रियो गधा

दक्षिण अफ्रिकामा एक अनौठो घटना सार्वजनिक भएको छ । नदी समेत पार गराउँदै दक्षिण अफ्रिकाबाट लग्जरी कार तस्करी गरेर जिम्बाबे पूराउँदै गरेको अवस्थामा पुलिसले गधालाई पक्राउ गरेको छ ।

आखिर गधालाई लक्जरी कारको के काम ? आफूलाई काम नलाग्ने चिज किन चोर्दो हो गधाले ? यस्तै भएको छ दक्षिण अफ्रिकामा । त्यहाँ कार चोर्दै गर्दा गधा पक्राउ परेको छ ।

पुलिस अधिकारीहरुका अनुसार मर्सिजिड बेन्ज सी २२० मोडलको कार लम्पोपो नदीबाट बरामद भएको छ ।

वास्तवमा गधा आफैंले कार तस्करी गरेका नभै कुनै तस्करले गधालाई भरियाको रुपमा प्रयोग गरेको थियो । पुलिसलाई देखेपछि वास्तविक तस्कर जिम्बाबेतर्फ फरार भयो र पुलिसले तिनै गधा र लक्जरी कार बरामत गर्‍यो ।

स्मरण रहोस् दक्षिण अफ्रिकामा गधालाई प्रयोग गरी चोरी गर्ने घटनाहरु भइरहन्छन् । गत डिसेम्बरमा डर्बान सहरबाट चोरी गरेर गधाको सहयोगले सोही नदी पार गराउँदै गरेको अवस्थामा एउटा कार बरामद भएको थियो ।

गधाको प्रयोग गरी कार चोर्ने यो नौलो आइडिया अपनाएर चोरी गर्ने आपराधिक समूह कुन हो भन्ने विषयमा पुलिसले अनुसन्धान गरिरहेको छ ।

आधुनिक कारहरुमा ट्रयाकिङ उपकरण हुने भएकाले स्टार्ट गर्ने बित्तिकै कार कहाँ छ भन्ने कुरा सम्बन्धित कारधनीले थाहा पाउने भएकाले तस्करहरुले गधालाई तान्न तथा नदी पार गराउन लगाएर कार तस्करी गर्ने गरेको बताइएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment