Comments Add Comment

कसरी हटाउने वाशिङ मेसिन कंक्रिट ?

शोधकर्ताहरुका अनुसार एक निकै साधारण उपकरणको सहायताले वाशिङ मेसिनको वजन २५ किलो सम्म कम गर्न सकिन्छ । यसबाट इन्धनको बचत, कार्वन उत्सर्जनमा कमी तथा पिठ्यूँ दुख्ने समस्याबाट पनि राहत मिल्छ ।

एक साधारण वाशिङ मेसिनमा २५ किलो कंक्रिट राखिएको हुन्छ ता की कपडा धुने समयमा वाशिङ मेसिन नहल्लियोस् ।

वैज्ञानिकहरुले डिजाइन गरेको नयाँ उपकरण चाहीँ एक प्लास्टिकको भाँडो हो । जसमा वाशिङ मेसिन चलाउने क्रममा पानी भरिन्छ ।

नटिंघम ट्रेन्ट विश्वविद्यालयको शोधकर्ताहरुको समूहले यो दाबी गरेको छ की यो उपाय अपनाउँदा वाशिङ मेसिन ओसार पसार गर्नमा सजिलो तथा सस्तो हुनेछ ।

कंक्रिटको साटो प्लास्टिक कन्टेनर लगाउनाले मेसिनको वजन एक तिहाइसम्म कम हुन्छ ।
यदि यो परिवर्तन मानक बन्यो भने वाशिङ मेसिन लादेर आपूर्ति गर्ने ट्रकहरुको वजन पनि कम हुनेछ, जसका कारण कम इन्धन खपत हुनगई कार्वन उत्सर्जनमा पनि कमी ल्याउन सकिनेछ ।

मेसिनमा के छ नयाँ ?

शोधकर्ताहरुका अनुसार बेलायतमा हरेक वर्ष ३५ लाख वाशिङ मेसिन बिक्री हुन्छ । जस अनुसार यो नयाँ उपकरणको प्रयोगले हरेक वर्ष ४४ हजार ६२५ टन कार्वन उत्सर्जनमा कमी आउनेछ ।

यो नयाँ भाँडोको डिजाइन गरेको हो प्रडक्ट डिजाइन कम्पनी टोची टेकले । जसले विश्वविद्यालयसँग मिलेर उपकरणहरु बनाउने सजिलो तरिकाहरु खोज्ने काम गर्दछ ।

नयाँ प्रविधिबाट बनेको मेसिनको परीक्षण यस परियोजनामा काम गरिरहेका २२ वर्षका एक छात्र डिलन हेन्डरसनले गरे ।

उनी भन्छन्, ‘सबै मानिसको भनाई छ कि यो आइडिया पहिले नै आउनु पर्दथ्यो । तर कोहीपनि यसमा विश्वास गर्दैनन् । मेरो बाचा छ की यसले निकै राम्रो काम गर्नेछ ।’

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment