Comments Add Comment

मलिना र अशिष्माको साथमा ‘संरक्षण’ टिमको देश दौडाहा


अहिले चलचित्र प्रचारका लागि निर्माण टिम मोफसलमा दौडने क्रम बढेको छ । यही क्रममा, आउँदो शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘संरक्षण’को टिम देश दौडाहामा निस्किएको छ । नायिकाद्धय मलिना जोशी र अशिष्मा नकर्मीको साथमा निर्देशक पुर्णेन्दु झा, निर्माता नरेन्द्र महर्जन देश दौडाहामा निस्किएका हुन् ।

पूर्वदेखि पश्चिम नेपालका मुख्य मुख्य शहरमा पत्रकार भेटघाट गर्ने निर्माणपक्षले बताएको छ । विराटनगरमा आयोजना भएको पत्रकार सम्मेलनमा निर्देशक झाले भने-‘जनआन्दोलन पछिको देशको सामाजिक, राजनीतिक अवस्थाको पृष्ठभूमिमा आधारित पोलिटिकल बिषयलाइ चलचित्रमा उठान गरिएको छ ।

पहाडी, मधेसी, थारु समुदायविचको ब्यहवारिक र मनोवैज्ञानिक द्धन्द्धलाई चलचित्रमा चित्रण गरिएको छ । चलचित्रमा पुलिस, प्रेस, पावर, पब्लिक र पोलिटिक्सलाई देखाइएको छ ।’

यो चलचित्रमा निखिल उप्रेती, सौगात मल्ल, रमेश रञ्जन झा, मलिना जोशी, अशिष्मा नकर्मी, प्रमोद अग्रहरि लगायतका कलाकारको मुख्य भूमिका छ । प्रदिपकुमार उदय, श्वेता शाह, नन्दु श्रीवास्तव र नरेन्द्र महर्जनले यो चलचित्र निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment