सोमबार, ६ कार्तिक, २०७४
OnlineKhabar.com

हाँसको एउटै अण्डाबाट जन्मिए जुम्ल्याहा चल्ला

अनलाइनखबर

चराको एउटा अण्डा भित्रबाट जुम्ल्याहा चल्ला कोरलिएको कहिल्यै सुन्नुभएको छ ? अहिलेसम्म सुनिएको थिएन । तर क्यानडामा यो घटना भएको छ ।

क्यानडामा एउटा हाँसको अण्डाबाट जुम्ल्याहा चल्ला निस्केका छन् । दुःखद कुरा के भने यी जुम्ल्याहा चल्लाको जिउ भने जोडिएको छ ।

क्यानडाको नोभा स्कोटियाकी अम्बर ब्रानेनले इन्कुबेटरमा कृत्रिम रुपमा हाँसको अण्डाहरु कोरल्दा त्यसमध्ये एक अण्डाबाट जुम्ल्याहा चल्ला निस्कएका हुन् ।

जुम्ल्याहा चल्लाको नाम नोभा र स्कोटिया राखिएको छ । ती जुम्ल्याहालाई घरमै पाल्ने निधो पनि अम्बर परिवारले गरेको छ ।

यसअघि सन् २००९ मा बेलायतमा पनि हाँसको अण्डाबाट जुम्ल्याहा चल्ला निस्केको थियो । बेलायतकी जुम्ल्याहा चल्लाका मालिकले पनि आफुलाई मेसेज गरेको अम्बर बताउँछिन् ।

एजेन्सी

२०७४ साउन २३ गते ११:०९ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१ प्रतिकृया प्राप्त
  • Bhuvan Timilsaina लेख्नुहुन्छ    |   २०७४ साउन २३ गते १२:१३

    kunai achammko kura hoina hamro ghar tira kukura ko n has ko katiwata jumlyaha challa janmieko xa xa. yo ta normal ho. yetro news banairakhnu parne jasto lagdaina.

    11
    1
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this