Comments Add Comment

‘समर लभ’का कारण नम्रताले छाडिन् ‘कान्छी’


केही समय अगाडि नायिका नम्रता सापकोटाले आफू चलचित्र ‘कान्छी’मा अनुवन्धित भएको बताएकी थिइन् । नायिका स्वेता खड्काले निर्माण गर्न लागेको यो चलचित्रमा अनुवन्धित भएको भन्दै अनलाइनखबरसँग नम्रताले खुशी पनि व्यक्त गरेकी थिइन् ।

तर, उनै नायिकाले अब यो चलचित्र छाडेको बताएकी छिन् । नम्रताले चलचित्र ‘समर लभ’का कारण आफूले ‘कान्छी’ छाडेको बताएकी छिन् । उनले भनिन्-‘कान्छीको छायांकन हुने भनेको २ महिना बढी भैसक्यो । कान्छीको छायांकन सकेर ‘समर लभ’मा काम गर्ने सेड्यूलका साथ मैले चलचित्र साइन गरेकी थिएँ । तर, अब दुबै चलचित्रको सेड्यूल एकैसाथ पर्न गएकोले ‘कान्छी’ छाड्नुपर्‍यो ।’

उनले ‘कान्छी’ यूनिटसँग चलचित्र छाडेको जानकारी दिइसकेको बताइन् । ‘कान्छी र समर लभ’को छायांकनको सेड्यूल जुधेपछि चलचित्र छाडेको नम्रताको भनाइ छ ।

आकाश अधिकारीको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘कान्छी’मा स्वेता खड्का र दयाहाङ राइको मुख्य भूमिका रहनेछ । यस्तै, मुस्कान ढकालले निर्देशन गर्न लागेको चलचित्र ‘समर लभ’ सुविन भट्टराइको चर्चित पुस्तक ‘समर लभ’मा आधारित रहेर निर्माण हुँदैछ । यसमा दुइ महिला पात्र छन् । ‘साया’ पात्रमा पहिले नै नायिका फाइनल गरिएको थियो । नम्रताले अब ‘समर लभ’की दोश्री यूवतीको भूमिका निर्वाहा गर्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment