Comments Add Comment

‘बिद्रोही’ ६ सांसदलाई कारबाही गर्ने राप्रपाको निर्णय

२३ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ सांसदसहित १७ नेतालाई पार्टीबाट निस्कासन गरेको छ ।

राप्रपाका नेता पशुपतिशम्शेर राणाले आइतबार आफ्नो नेतृत्वमा राप्रपा प्रजातान्त्रिक गठन गरेको थिए । राणा नेतृत्वको पार्टीमा १९ सांसद गएका छन् ।

तर, राप्रपाले भने ६ सांसदलाई मात्र कारबाही गरेको छ । उसले दिपक बोहोरा, सुनिल थापा, रेशम लामा, विराज विष्ट, राज्यलक्ष्मी श्रेष्ठ र बविता मोक्तान लावतीलाई पार्टीको साधारण सदस्य समेत नहरने गरी कारबाही गरेको हो ।

यस्तै राप्रपाले नेताहरु हरिबहादुर बस्नेत, रामकृष्ण भट्टराई, पदमबहादुर बस्नेत, नवराज सुवेदी, विष्णुविक्रम थापा, गिरिधारी परियार, दिपककुमार राई, विन्दु पहाड, प्रदिप उदय र किरण गिरीलाई कारबाही गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment