Comments Add Comment

साहरुख र सलमानको असफलतामा अजयको यस्तो बयान


बलिउडका लागि यो बर्ष ‘ब्याड लक’ नै लागिरहेको छ । साहरुख खानदेखि सलमान खानसम्मका स्टारको चलचित्रले यो बर्ष बलिउडमा कुनै चमत्कार गरेन । सलमान अभिनित चलचित्र ‘ट्यूबलाइट’ र साहरुख अभिनित चलचित्र ‘जब ह्यारी मेट सेजल’ बक्स अफिसमा असफल भए ।

खान स्टारडमकै कारण धानिएको बलिउडमा खानकै चलचित्र असफल हुँदा त्यसले पक्कै पनि धक्का लागेको छ । यो बिषयमा नायक अजय देवगणले आफ्नो भनाइ सार्वजनिक गरेका छन् । अजयले भनेका छन्-‘मलाई लाग्छ, चलचित्र हिट वा फ्लप गराउने नै दर्शक हुन् । उनीहरुले कहिलेकाही हामीलाइ यस्तो चलचित्र नगर भनेर सुझाव दिन्छन् । हामीले उनीहरुको कुरा सुन्न आवश्यक छ किनकी उनीहरु हामीलाई निकै प्रेम गर्छन् । उनीहरुलाई कुनै स्टारमा मैले के देखिरहेको छु भन्ने थाहा छ । हामीले उनीहरुको कुरा सुन्न आवश्यक छ ।’

अजय अभिनित चलचित्र ‘बादशाहो’ सेप्टेम्बर १ बाट रिलिज हुँदैछ । अजय यो चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment