Comments Add Comment

डीसी नेपाली समाजले अमेरिकामा मनायो जनैपूर्णिमा

९ अगस्ट, न्यूयोर्क । धर्म र संस्कृतिको रक्षा गर्ने मूल नाराको साथ स्थापना भएको डीसी नेपाली समाजले बिगतका वर्षहरुमा झैँ यस वर्षको जनैपूर्णिमा पनि भब्य रुपमा मनाएको छ ।

आयोजक डीसी नेपाली समाज भएता पनि डीसी महानगर क्षेत्रका अन्य संघसंस्थाको बिशेष सक्रियता तथा सहयोगमा सम्पन्न जनैपूर्णिमा अन्य संघसंस्थाका स्वयमसेवकहरू खटेका थिए ।

डीसी महानगर क्षेत्र सेरोफेरोका श्रद्धालु भक्तजनहरुका लागि गत अगस्ट ७ तारिखमा जनैपूर्णिमा  वैदिक विधिअनुसार जनै तथा रक्षाबन्धन पूजन एवंम धारणको कार्यक्रम बिहानदेखि साँझसम्म चलेको थियो ।

बिहान ७ बजेदेखि साँझ ७ बजे भएता पनि भक्तजनहरु साढे ८ बजेेसम्म आउने क्रम रहेकोले चलेको थियो ।

सोमबार काममा जानु पर्ने भएता पनि बिहानदेखि नै मुसलधारे पानी परेता पनि झन्डै १ हजार ५०० को हाराहारीमा श्रद्धालु भक्तजनहरु आएका थिए । उपस्थित भक्तजनलाई क्वाँटी, पुलाउ,अचार, हलुवा, खर्बुजा खुवाइएको थियो ।

स्थापना कालसहित यस वर्ष २०७४ समेत लगाएर जनै तथा रक्षाबन्धन संस्थाले ८ औं पटक मनाएको हो । डीसी महानगर क्षेत्रका प्रसिद्ध पण्डित राजेन्द्र खनाल तथा अन्य पण्डितहरुद्वारा आउने सबैलाई जनै लगाइदिनुको साथै रक्षाबन्धन पूजन, शान्ति यज्ञ तथा अन्य पूजा अर्चना गरेका थिए ।

सोमबारको साथै नेपालमा चन्द्र ग्रहण परेको अवस्था भएता पनि अमेरिकामा चन्द्र ग्रहण नपर्ने भएकोले समुदायलाई भ्रम सृजना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment