Comments Add Comment

‘कृ’को सेटमा अदिती र भूवनसँग जीया


नायक अनमोल केसीका फ्यानले उनको नयाँ चलचित्र ‘कृ’को प्रतिक्षा गरेको लामो समय भैसकेको छ । तर, मेकिङमा निकै मिहिनेत गरिएका कारण चलचित्रको छायांकन सक्न नै समय लागेको छ ।

यसैले पनि यो चलचित्रको प्रदर्शन मिति २ पटक सरिसकेको छ । यो चलचित्रको छायांकन सेटबाट विभिन्न खालका तस्बिरहरु सार्वजनिक भैरहेका छन् । नायक भूवन केसीले फेसबुक पेजमा सार्वजनिक गरेको तस्बिरमा उनी नायिका जीया केसीसँग देखिएका छन् । जीयाले पनि केही दिन अगाडि चलचित्र ‘कृ’को छायांकनमा भन्दै धम्पुसको फोटो फेसबुकमा पोष्ट गरेकी थिइन् । चलचित्र क्षेत्रमा नचलेपछि जीया नायक भूवन केसीसँग लिभिङ टूगेदरमा रहँदै आएकी छिन् ।

तर, चलचित्रको छायांकन सेटमा भने जीयाको काम के हो, वुझ्न सकिएको छैन । चलचित्र ‘डि्रम्स’को छायांकनको समयमा पनि यी नायिका सेटमै रहने गरेको खबर सार्वजनिक भएका थिए । ‘ड्रिम्स’मा जीयालाई भूवनले निर्मात्रीको क्रेडिट दिएका थिए । अब, ‘कृ’मा जीयालाई भूवनले कुन क्रेडिट दिने हुन्, प्रतिक्षा गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment