Comments Add Comment

न्यूजील्याण्डमा प्रवासी नेपालीलाई नेपालले भने-नेपालको समृद्धिका लागि सकृय बन्नुस्

९ अगस्ट, अस्ट्रेलिया ।  पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश बिकासका लागि सकृय भूमिका खेल्न गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन् ।

प्रवासी नेपाली मञ्च न्यूजील्यान्डको निमन्त्रणामा ३ दिनका लागि न्यूजील्यान्ड पुगेका नेपालले न्यूजील्यान्डका बिभिन्न शहरहरुमा आयोजित अन्तरकृया कार्यक्रममा देशको समृद्धिका लागि सकृय भूमिका खेल्न नेपाली समुदायसँग आव्हान गरेका हुन् ।

मञ्चमा अध्यक्ष आत्माराम खनालका अनुसार पूर्वप्रधानमन्त्री नेपालले अक्ल्यान्ड, टौरङा र क्राइस्चर्चमा नेपाली समुदायसँग आन्तरकृया गरेका हुन् ।

आफ्नो राष्ट्रको बिकासका लागि जलबिदुत, पर्यटन जस्ता क्षेत्रहरुलाई प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाउनु पर्ने बताउँदै नेपालले यी क्षेत्रहरुमा लगानी बढाउन र सहयोग गर्न एनआरएन लगायतका विदेशमा रहेका संस्थाहरुलाई आग्रह समेत गरेका थिए ।

‘प्रवासमा रहनुभएका तपाईहरुको पनि देशलाई समृद्ध बनाउन महत्वपूर्ण भुमिका हुन्छ’ नेपालले भने,’तपाईहरुले लगानी र सीप मार्फत देशमा योगदान दिन सक्नुहुन्छ ।’

मञ्चका महासचिब प्रदिप रुपाखेतीका अनुसार पूर्वप्रधानमन्त्री नेपालले नेपालीहरुका बिबिध जिज्ञासाहरुको जबाफ दिदै पहलकदमी लिना सकिने सबालहरुमा आफूले सक्दो पहल गर्ने आश्वासन दिए ।

क्राइस्चर्चा शहरमा मञ्चले क्यानटर्बुरी नेपाली समाजसँग मिलेर कार्यक्रम गरेको थियो भने उक्त समाजका अध्यक्ष बिष्णु पोख्रेलले पूर्वप्रधानमन्त्री नेपाललाई सस्थाको तर्फबाट मायाको चिनो प्रदान गरेका थिए ।

अन्तरकृया अघि नेपालले भुकम्पबाट प्रभाबित र पुनर्निर्माणसँग सम्बन्धित बिबिध ठाउँहरुको अबलोकन गर्दै यहाँ भएका प्रयोगहरुबाट सिक्न सकिने बताए । नेता नेपाल बुधबार नै नेपाल प्रस्थान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment