Comments Add Comment

पार्टी विभाजनमा हिन्दुस्तानको भूमिका भन्नु कमल थापाको बर्बराहट मात्रः राणा

२५ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणाले राप्रपा विभाजनमा बाहृय शक्तिको भूमिका नभएको दाबी गरेका छन् ।

पार्टी विभाजनमा पूर्व राजा, प्रधानमन्त्री शेरबहादुर देउवादेखि हिन्दुस्तानसम्मको भूमिका देख्नु राप्रपा अध्यक्ष कमल थापाको बर्बराहट मात्र भएको उनले बताए ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा राणाले अाफ्नो भारतमा नातासम्बन्ध रहेको आधारमै भारतले नयाँ पार्टी खोल्न भूमिका खेलेको भन्नुको कुनै तुक नरहेको बताए । ‘पशुपति शमशेर राणासँग पार्टी गठन गर्ने सामर्थ्य छ । नेपाली राजनीतिमा प्रभावशाली रहँदै आएका साथीहरूको साथ छ’ राणाले भने, ‘कमल थापाले पार्टीका होनहार साथीहरूले महत्वपूर्ण निर्णय लिएपछि रन्थनिएर आरोप लगाइरहनुभएको छ ।’

कमल थापाले एकलौटी र मनोमानी ढंगले पार्टी चलाउन खोजेकाले आफू कठोर निर्णय लिन वाध्य भएको उनले बताए । उनले भने,’पार्टी ध्वस्त हुनबाट बचाउनका लागि कठोर निर्णय लिएर बेग्लै बाटो जानुपर्‍यो ।’

नवगठित पार्टी सरकारमा जाने भन्दै उनले निर्वाचन आयोग र संसदमा पूरा गर्नुपर्ने प्रक्रियापछि आधिकारिक निर्णय लिइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment