Comments Add Comment

बाजुराको मार्तडीमा पुग्ने पहिलो निजी वाणिज्य बैंक बन्यो एनआइसी एशिया

२६ साउन, काठमाडौं । एनआई सीएशिया बैंक लिमिटेडले ग्रामिण तथा दुर्गम जिल्लाहरुमा आफ्ना शाखाकार्यालयहरु बिस्तार गर्ने क्रमसंगै यु. के. एड एक्सेस टु फाईनान्स सक्षमसंगको सहकार्यमा बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा वित्तिय पहुँच तथा सबलिकरणको लागि बैंकिङ सेवा पुर्याएको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एनआईसी एशिया बैंक र युके एड सक्षम एक्सेस टु फाईनान्स (सक्षम) बीच औपचारिक सम्झौता भएको हो ।

बाजुरा जिल्लाको मार्तडीमा शाखा सञ्चालन गर्ने पहिलो निजी वाणिज्य बैंक भएको छ, एनआइसी एशिया । गत जुलाई ६ गते सो शाखा कार्यालयको प्रारम्भिक उद्घाटन भएको थियो । शाखा सञ्चालनमा आएको पहिलो दिनमा नै ३१ वटा निक्षेप खाता खोलिएको र रु ९ लाख ५० हजार निक्षेप संकलन भएको थियो ।

 

गत मंगलवासम्ममा सो शाखाबाट ३ सय २० वटा निक्षेप खाताहरु खोलिएको छ भने १ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन भएको छ ।

बैंकले शाखा विस्तार मार्फत सर्वसाधारणहरुकोबीच वित्तीय पहुँच विस्तार गरेकोमा स्थानीयवासीहरु निकै हर्षित भएका छन् ।

‘साथीसँगै सक्षमबन्दै’ भन्ने नाराका साथ सक्षम र बैंकबीच सहकार्य अगाडी बढेको हो । बैंकले मार्तडी शाखाको अतिरिक्त सो जिल्लामा थप ३ वटा शाखा रहित बैंकिङ सेवा स्थापना गर्नेछ । सन् २०२० सम्ममा वित्तीयसबलीकरणलाई थप मजबुत पार्ने उद्देश्य सहित ३ सयभन्दा बढी शाखा, १ हजारभन्दा बढी एटिएम र १ हजार भन्दा बढी शाखा रहित बैंकिङ सेवा दिने बैंकको योजना रहेको छ ।

बैंकले थप गर्ने शाखारहित बैंकिङ सेवाबाट करिब ४ हजार जना सर्वसाधारणहरु बैंकिङ सेवा बाट लाभान्वित हुने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment