Comments Add Comment

थापाथलीमा खुल्यो टाटाको आकर्षक र ग्राहकमैत्री शो-रुम


२६ साउन, काठमाडौं । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले थापाथलीमा आफ्नो आकर्षक र ग्राहकमैत्री शो-रुमको औपचारिक उद्घाटन गरेको छ ।

बुधबार साँझ एक भब्य समारोहकाबीच सिप्रदीले थापाथलीमा अत्याधुनिक र आकर्षक शो-रुमबाट सेल्ससहितको सर्भिस सुरु गरेको हो । टाटाले बुधबार नै सार्वजनिक गरेको टिगोरलाई विशेष रुपमा प्रस्तत गर्दै शो-रुमबाट औपचारिक सेवा सुरुवात गरिएको हो ।

टाटाले आफ्नो नयाँ कार शो-रुमलाई भब्य र शानदार रुपमा प्रस्तुत गरेको छ । जसलार्इ धेरैले उत्कृष्ट  शो-रूम भनेका छन् । औपचारिक उद्घाटन अघि नै यो शो-रुम आकर्षण र चर्चाको केन्द्रमा थियो ।

६ हजार २ सय स्क्वायर फूटमा फैलिएको टाटाको शो-रुम नेपालकै सबैभन्दा ठूलो आधुनिक अटो शो-रुम भएको दावी कम्पनीको छ । शो-रुम भूकम्पप्रतिरोधी स्टिल फिक्सिङ प्रविधिमा आधारित भएर बनाइएको छ ।


शो-रुमलाई विशेष लाइटसहित विभिन्न तरिकाबाट आकर्षक रुपमा सजाइएको छ । सिप्रदी ट्रेडिङ प्रालिका असिस्टेन्ट जनरल म्यानेजर अर्जुन कार्कीले शो-रुमको मुख्य डिस्प्ले एरिया ४ हजार स्कवायर फूट क्षेत्रफलमा फैलिएको जानकारी दिए ।

‘हामी डिस्प्लेमा गज्जबसँग १० वटा गाडी राख्न सक्छौं । शो-रुमको निर्माण नसकिँदा नै हामीले यसबारे राम्रो प्रतिक्रिया पाएका थियाैं ‘ कार्कीले भने,’यो देख्दा आकर्षक मात्रै हैन, ग्राहकका लागि हामीले सुविधायुक्त पनि बनाएका छौं । ग्राहकको सन्तुष्टीका लागि यहाँ पूर्वाधारहरू थुप्रै छन् । ‘

यसअघि थापाथलीमा टाटाको कमर्सियल गाडीको शो रुममै केही भाग छुट्याएर कार डिस्प्ले गर्ने गरिएको थियो । कारको मुख्य शो-रुम भने टेकुमा थियो ।


अब भने थापाथलीमा टाटा-सिप्रदीको कार डिपार्टमेन्ट नै सरेको छ । शो-रुमसँगै आधुनिक प्रविधिमा आधारित भएर कार डिपार्टमेन्टको अफिस सेट गरिएको छ ।

ग्राहकसँगको मिटिङ रुमलाई पनि विशेष बनाइएको छ । ग्राहकसँग छलफल र परामर्श गर्न टाटाले मिटिङ रुमलाई पनि सहज वातावरण हुने किसिमबाट तयार गरेको छ ।


अब टाटाले शो-रुमको मद्दतमा कस्टमर सर्भिसमा थप नयाँ आयाम थप्ने असिस्टेन्ट जेनेरल म्यानेजर कार्कीले बताए । कम्पनीले शो-रुमभित्रैको क्षेत्रमा १५ वटासम्म गाडी टेस्ट ड्राइभका लागि राख्न सक्ने क्षेत्र पनि तयार राखेको छ ।

त्यसैगरी ग्राहकले १५ वटासम्म सवारी सजिलैसँग शो-रुमको पार्किङ स्थलमा आएर पार्क गर्न सक्नेछन् । ‘टाटाको शो-रुम आएका ग्राहकले पार्किङ खोज्दै हिँड्नुपर्दैन’ कार्कीले भने, ‘हामी ग्राहकलाई अधिकतम् सहजताका लागि प्रयासरत छौं । यो नयाँ अध्याय सुरु भएको छ ।’

साँझको समयमा शो-रुमको डिस्प्ले अझ भब्य देखिने गरेको छ । यसले ग्राहकलाई टाटाका गाडीका बास्तविक अनुभुत गर्न अझ सहज हुनेछ ।

ग्राहकमैत्री भएकाले पनि शो-रुमको महत्व विशिष्ट रहेको कम्पनीले जनाएको छ ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment