Comments Add Comment

पाथीभरा गोल्डकप- वर्षाले प्रभावित खेलमा चर्च व्वाइज विजयी

२६ साउन, ताप्लेजुङ । काठमाडौंको चर्च व्वाइज क्लव ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

ताप्लेजुङ सदरमुकामको भानु जनमाविको मैदानमा भएको प्रतियोगिताको तेस्रो क्वार्टरफाइनल खेलमा चर्च व्वाइजले राष्ट्रिय जागृती क्लवबिरुद्ध अतिरिक्त समयमा जित निकालेको हो ।

वर्षाले प्रभावित खेलको नियमित ९० मिनेटमा दुवै टोलीले एक एक गोलको बराबरी खेलेपछि अतिरिक्त समयमा पुगेको खेलमा चर्च व्वाइजका राज पौडेलले टिमको उद्धार गरे ।

यस अघि निर्धारित समयको पहिलो हाफमा चर्च व्वाइजले बिदेशी स्ट्राइकर मार्टिन सेगुनको गोलमार्फत अग्रता दिएको थियो । तर दोस्रो हाफमा इटहरीले पेनाल्टी पायो र त्यसलाई भोला राईले सदुपयोग गरी खेल बराबरीमा ल्याए ।

खेल अवधिभर निरन्तर वषर्ा भएका कारण मैदान हिलाम्य थियो भने खेलाडीहरुलाई असहज भएको थियो ।
शुक्रबार प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल हुनेछ । जसमा सगरमाथा युवा क्लव विराटचौक मोरङ र फिदिम स्र्पोटिङ क्लव पाँचथरबीच खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment