Comments Add Comment

अक्षयको ‘ट्वाइलेटः एक प्रेमकथा’को प्रभाव नेपालमा कती ?


पछिल्लो समय राष्ट्रियता र सामाजिक बिषयका चलचित्रमा काम गर्न बलिउड नायक अक्षय कुमार केन्द्रित  छन् । उनले अभिनय गरेको नयाँ चलचित्र ‘ट्वाइलेटः एक प्रेम कथा’ भोलीबाट देशभर रिलिज हुँदैछ ।

स्वच्छ भारतको मुद्दालाई मुख्य रुपमा उठान गरिएको यो चलचित्रको ट्रेलरले अहिले राम्रै चर्चा पाइरहेको छ । नेपालमा यो चलचित्रलाई वितरक मनोज राठीले किनेका हुन् । मनोजका अनुसार, भारतका अधिकांश राज्यमा कर निःशुल्क गरिएको यो चलचित्रले नेपालमा पनि चेतना जगाउन सक्छ । मनोरञ्जन र चेतनालाई मिश्रण गरेर चलचित्र बनाइएकाले पनि आफूहरुले यो चलचित्र नेपाल ल्याएको मनोजले बताए ।

एउटा घरमा ट्वाइलेट नहुँदा त्यसले पार्ने प्रभावलाई चलचित्रले उठान गरेको छ । नायक अक्षय कुमार र नायिका भूमी पेडकरको प्रेमकथा र घरमा ट्वाइलेट नहुँदा उत्पन्न हुने अवस्थालाई यसले उठान गरेको छ ।

बलिउडमा पछिल्लो समय एकपछि अर्को चलचित्र असफल हुँदा अब अधिकांश दर्शक र बलिउडकर्मीको आशा यो चलचित्रमाथि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment