Comments Add Comment

डेम्बेलका लागि बार्सिलोनाले राखेको प्रस्ताव अस्वीकृत

२७ साउन, काठमाडौं । बोरुसिया डर्टमुन्डले उसमान डेम्बेलका लागि बार्सिलोनाले राखेको प्रस्ताव अस्वीकार गरेका छन् ।

साथै बिहीबारको प्रशिक्षणमा अनुपस्थित रहेको भन्दै फ्रान्सका डेम्बेललाई निलम्बनका साथ जरिवाना तोकिएको छ ।

जर्मन क्लबले बार्सिलोनाको प्रतिनिधिलाई भेटेको स्वीकार गरेको छ । तर, बार्सिलोनाले २० वर्षीय डेम्बेललाई राखेको प्रस्ताव आफ्नो भ्यालुएसन अनुसार नभएको ब ताएको छ ।

बोरुसिया डर्टमुन्डले डेम्बेल स्पेन जान ‘अहिले सम्भव छैन’ भनेको छ ।

क्लबका मुख्य प्रशिक्षक पिटर बोस्जका अनुसार सुरुमा डेम्बेलसँग सम्पर्क हुन सकेको थिएन । डेम्बेललाई सोमबारसम्म निलम्बन गरिएको क्लबले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment