Comments Add Comment

उद्घाटन गर्न नपाई भाँचियो डेढ करोडको पुल (भिडियोसहित)

२७ साउन, काठमाडौं । डेढ करोड खर्चिएर काठमाडौं महानगरपालिकास्थित पुरानो ढल्को चोकमा बनाइएको पक्की पुल उद्घाटन गर्न नपाउँदै भाँचिएको छ ।

यो पुल आगामी साता उद्घाटन गर्ने तयारी थियो तर, बिहीवार भाँचिएको छ । पुल भाँचिदा ५ जना सर्वसाधारण समेत घाइते भएका छन् ।

हिमसगरमाथा कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको यो पुलको निर्माण आज शुक्रबार सम्पन्न हुँदैथियो ।

२३ वटा स्ल्याब राखिसकिएको थियो । कम्पनीका इन्जिनियर रविन श्रेष्ठले अनलाइनखबरसँग भने ‘अन्तिम स्ल्याब हाल्ने क्रममा पुल भाँचिएको हो ।’

किन भाँचियो पुल ?

लोड थेग्न नसकेर पुल भाँचिएको निर्माण कम्पनीको दाबी छ । तर, यो निर्माणको अन्तिम चरणमा रहेको पुलमा अतिरिक्त लोड केही पनि थिएन ।

स्थानीयबासीका अनुसार कमजोर सामग्रीको प्रयोग र निर्माणको लापरवाहीले पुल भाँचिएको हो ।

करीव डेढ वर्षअघि ठेक्का सम्झौता भएर एक वर्षअअघिदेखि पुल निर्माणको काम अघि बढाइएको थियो । डेढ करोड रुपैयाँ लागत पुल निर्माणको सम्झौता भएको थियो ।

पुल निर्माणका लागि त्यसको डिजाइन सडक विभागबाटै पास गरिएको निर्माण कम्पनीको दाबी छ ।

आवश्यक नै थिएन पुल

स्थानीय बाबुकाजी महर्जनका अनुसार उक्त स्थानमा पुल आवश्यक नै थिएन । ‘यसको २ सय मिटर तल-माथि नै पक्की पुल छन्,’ उनले भने, ‘यो स्थानमा पुल आवश्यक नै छैन ।’

अर्का एक स्थानीयले सरकारले आवश्यकता नभएको स्थानमा पुल बनाएर बजेट सक्ने मेलोमात्र गरेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment