Comments Add Comment

पुलिसले काम नपाएपछि छेस्को गाड्ने पुरुष खोज्दै

हामी कहाँ पुलिसलाई खुखार अपराधीहरु खोज्न तथा अपराध नियन्त्रण गर्न भ्याई नभ्याई हुन्छ । तर सिंगापुरमा भने पुलिसलाई खासै काम छैन । त्यसैले त उसले झिना–मसिना गल्ती गर्नेलाई पक्रिन पनि न्वारान देखिको बल लगाउँदछ ।

अहिले सिंगापुर पुलिसमाथि निकै ठूलो काम आइलागेको छ । उसले सार्वजनिक बसको सिटमा दाँत कोट्याउने छेस्को राख्ने मानिस खोजिरहेको छ ।

आखिर दुनियामै सबैभन्दा कम अपराध हुने देश न पर्यो । काम नपाएपछि झिंगा मारेर बस्नुभन्दा यस्तै झिनामसिना कार्यहरुमा भए पनि त व्यस्त राख्नुपर्यो पुलिसले आफुलाई ।

त्यसैले पुलिसले एकजना ६० वर्षे अभियुक्तलाई खोजिरहेको छ । सीसीटीभी फुटेजबाट ती व्यक्तिले नै बसको सिटमा छेस्को गाडेको पुष्टि भएको छ । तर, उनी अझै पक्राउ परेका छैननु ।

एकजना युवतीले बसको सिटमा छेस्को गाडिएको आफूले फेला पारेको भन्दै सबैलाई सिटमा बस्नुअघि सचेत हुन आग्रह गरेर फेसबुकमा पोष्ट गरेपछि यो घटनाले प्राथमिकता पाएको हो । उनको फेसबुक पोष्ट भाइरल नै बन्यो । त्यसपछि पुलिसले पनि छेस्को गाड्ने अभियुक्तको खोजी सुरु गर्यो ।

ती व्यक्ति पक्राउ परेर अभियोग प्रमाणित भएसँगै उनलाई २ वर्षको जेल सजाय तथा जरिवाना पनि हुनेछ ।

स्मरण रहोस् सिंगापुरमा सानो–तिनो गल्ती गर्न पनि मनाही छ । केही समयअघि त्यहाँ झ्यालबाट चुरोट फ्याँकेको आरोपमा एक व्यक्तिमाथि भारी जरिवाना भएको विषय निकै चर्चामा थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment