Comments Add Comment

फेसबुकले ल्याउँदैछ भिडियो च्यानल

यु ट्युब तथा टेलिभिजन नेटवर्कहरुलाई माथ दिनेगरी सोसल मिडिया जाएन्ट फेसबुकले नयाँ डेडिकेटेड भिडियो च्यानल सर्भिस लञ्च गर्दैछ ।

प्रयोगकर्ताले निकट भविष्यमै आफ्नो फेसबुक वालमा वाच ट्याब  देख्नेछन् जहाँ गएर विभिन्न खाले भिडियो शोहरु हेर्न पाइनेछ ।

Watch  पर्सनलाइज्ड हुने भएकाले प्रयोगकर्ताले आफै नयाँ नयाँ भिडियो तथा शो हरु खोज्न पाउनेछन् ।

साथै भिडियो दर्शकहरुले शो मा आएका कमेन्ट हेर्न, साथी तथा डेडिकेटेड ग्रपलाई कनेक्ट गर्न सक्दछन् ।

फेसबुक पोष्टमार्फत सिइओ मार्क जुकरबर्गले भनेका छन्ः शो हेरिरहँदा निस्क्रिय बसिरहनुपर्ने छैन । सोही शो हेरिरहेका साथीहरुबीच अनुभव र भावना शेयर गर्ने र सँगै शो हेर्ने अवसर प्राप्त हुनेछ ।

यद्यपि, फेसबुकमा अहिले पनि प्रशस्तै भिडियोहरु छन् तर फेसबुकमा रहेका भिडियोमा अत्यधिक मात्रामा एमेच्योर तथा छोटा भिडियोहरुको बाहुल्यता छ ।

फेसबुकले गत वर्ष भिडियो ट्याब सुरु गरेर आफैले ओरिजिनल सामाग्री उत्पादन गर्ने कुराको संकेत गरेको थियो ।

फेसबुकको वाच फिचरले फेसबुक तथा भिडियो शो निर्माता दुबैलाई राजश्व आम्दानीको नयाँ मार्ग प्रशस्त गरिदिन सक्छ । शो का दौरान दर्शकहरुलाई विभिन्न विज्ञापन समेत देखाइनेछ ।

तर, फेसबुकले जुन क्षेत्रमा पाइला अघि बढाउँदैछ त्यो अत्यधिक बलिया खेलाडीहरु भएको क्षेत्र हो । परम्परागत टेलिभिजन नेटवर्क देखि लिएर यु ट्युब र नेटफ्लिक्स जस्ता अनलाइन सर्भिसहरुको दबदबा छ यो क्षेत्रमा ।

उता डिज्नेले सन् २०१९ देखि नेटफ्लिक्स सँगको सम्झौता भंग गरी सिधै उपभोक्तासम्म पुग्ने आफ्नै भिडियो स्ट्रिमिंग सर्भिस सुरु गर्ने जनाइसकेको छ । साथै उनले अर्को वर्षदेखि खेलसँग सम्बन्धित इएसपिएन स्ट्रिमिंग पनि सुरु गर्ने जनाएको छ ।

उता फेसबुकसँग पनि आफ्ना शोहरु स्ट्रिम गर्न कैयन् नामूद कम्पनीहरु पर्खेर बसेका छन् । अमेरिकाको मेजर लिग बेसबल, महिला बास्केटबल, नेसनल जोग्राफिकको सफारी शोदेखि लिएर फक्स मिडिया, बज फिड, ग्रुप नाइन मिडिया आदिले फेसबुकसँग कार्यक्रम उत्पादन र प्रसारणका लागि सम्झौता गरिसकेका छन् ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment