Comments Add Comment

बिओकेको कायम राख्यो अर्बमाथिको नाफा, अन्य आम्दानी नै २ अर्बमाथि


२७ साउन, काठमाडौं । गत आव २०७३/७४ मा बैंक अफ काठमाण्डुको नाफा करिब ८९ प्रतिशतले बढेर १ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आव २०७२/७३ मा भने बैंकको नाफा ६५ करोड रहेको थियो ।

 

बैंकको खुद व्याज आम्दानी ६६ प्रतिशतले बढेर २ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । बैंकले फि कमिसनबाट ३१ करोड रुपैयाँ, अन्य सञ्चालनबाट १५ करोड र बिदेशी मुद्राको कारोबारबाट बैंकले २३ करोड रुपैयाँ आम्दानी गरेको छ ।

 

बैंकले यसअघि नोक्सान वापत राखेको १७ करोड फिर्ता ल्याएको छ । त्यस्तै, यसपटक भने सम्भावित नोक्सान व्यवस्थाको लागि ३० करोड रुपैयाँ छुट्याएको छ । बैंकको खराब कर्जा १.४६ प्रतिशत रहेको छ भने प्रावधान २ सय ४५ प्रतिशत गरेको छ ।

 

बैंकको चुक्ता पुँजी ५ अर्ब ६२ करोड रहेको छ । चुक्ता पुँजीमा वृद्धि नभएको बैंकको सेयरमा प्रतिफल दर केही बढेर १४.७४ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी २२ रुपैयाँ रहेको छ । बैंकको सञ्चिती ३ अर्ब ३२ करोड रहेको छ । बैंकले यसपटकको नाफाबाट सञ्चितमा राख्नुपर्ने २० प्रतिशत बराबरको रकम र सामाजिक दायित्वको लागि छुट्याउनु पर्ने १ प्रतिशत अलग्याउदा साधारण सेयरको आधारमा लगभग १७.३९ प्रतिशत लाभांश दिन सक्ने अवस्था देखिएको छ ।

 

बैंकको निक्षेप संकलन ५ प्रतिशतले बढेर ७१ अर्ब र कर्जा लगानी ३ प्रतिशतले बढेर ६२ अर्ब पुगेको छ । बैंकको सीसीडी रेसीयो ७५.३४ प्रतिशत रहेको उल्लेख छ । कर्जा लगानीको लागि आधार लिइने बेस रेट १०.५७ प्रतिशत रहेको छ । बैंकमा पुँजी पर्याप्तता अनुपात १३.९७६ रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १ सय ५८ रुपैयाँ रहेको छ ।

बैंकको कर्मचारी लागत ३३ करोडले बढेको छ भने अन्य सञ्चालन लागत पनि करिब १८ करोडले वृद्धि भएको छ । बैंकले सेयर धितोमा ७४ करोड र ओभर ड्राफ्ट शीर्षकमा ३० अर्ब करोड कर्जा लगानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment