Comments Add Comment

बलिउडमा साथी बनाउन सजिलो छः ज्याकलिन


‘किक, रोय, हाउसफुल’ सिरिजमा काम गरेकी बलिउड नायिका ज्याकलिन फर्नाडिसले हिन्दी चलचित्रमा काम सुरु गरेको ८ वर्ष पूरा भएको छ ।चलचित्रसँग कुनै साइनो नभएको परिवारकी सदस्य ज्याकलिन आफ्नोे व्यवहार ठिक छ भने चलचित्र उद्योग सुरक्षित भएको धारणा राख्छिन् ।

कतिपयले चलचित्र उद्योगमा साथी बनाउन मुस्किल हुने टिप्पणी समेत गर्छन् । तर, ज्याकलिनले साथी बनाउन खास गार्‍हो नभएको टिप्पणी गरिन् । ‘चलचित्र उद्योगमा साथी बनाउन सजिलो छ । तर, चिन्ता, असुरक्षा, संघर्ष जस्ता कुरामा तपाई गम्भिर हुनुपर्छ ।’ उनले भनिन् ।

ज्याकलिन आफुलाई भाग्यमानी मान्छिन् किनकी उनले प्रारम्भमै चलेका स्टारसँग काम गर्ने अवसर पाइन् । सलमान खान, सोनम कपुर, तपसी पन्नु, सिद्धार्थ मल्होत्रा र धवन परिवार उनका नजिक छन् । आत्मविश्वासले जो कसैलाई अगाडि बढाउन सघाउ पुर्‍याउने उनको भनाई थियो । कतिपय चलचित्र असफल भएकोमा दुःखी पनि छिन् ज्याकलिन । दर्शकहरुको सोच परिवर्तन भएकाले चलचित्रको विषय मौलिक हुनुपर्ने उनको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment