Comments Add Comment

जाजरकोटको त्रिवेणी नलगाडमा लघुजलविद्युत आयोजनाबाट उत्पादन सुरु


२७ साउन, जाजरकोट । जाजरकोटको त्रिवेणी नलगाड नगरपालिकामा स्थानीय स्तरमै विद्युत उत्पादन सुरु भएको छ ।
४५ किलोवाट क्षमताको बागमारे लघुजलविद्युत योजनाको काम सम्पन्न भएपछि विद्युत उत्पादन सुरु भएको हो ।

उत्पादित विद्युत नगरपालिकाका ४, ५, ६ र ७ नम्बर वडामा वितरण गरिएको छ । विद्युत सञ्चालनमा आएपछि त्रिवेणीका चार वडा झिलीमिली भएका छन् ।

विद्युत सेवा सञ्चालनमा आएपछि स्थानीयहरुलाई विभिन्न काम गर्न सहज भएको छ ।

मोवाइल पनि चार्ज गर्न नपाइने ठाउँमा विद्युत पुगेपछि स्थानीयहरु खुसी हुनुका साथै विभिन्न सरकारी काम काजमा समेत सहजता आएको छ ।

त्रिवेणी नलगाड नगरपालिकाका मेयर टेकबहादुर रावलले विद्युत आयोजनाको उद्घाटन गर्दै विद्युत सेवा सुरु भएपछि नगरबासीको दैनिकीमा केही सजिलो हुने वताए ।

४ सय १० मेगावाटको प्रस्तावित नलसिंहगाड जलशाययुक्त जलविद्युत आयोजना यसै नगरपालिकामा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment