Comments Add Comment

सबैले तिर्छन् लाख, तर पहिलोपटक समातिए म्यानपावरका कर्मचारी


२५ साउन, काठमाडौं । वैदेशिक रोजगार विभागले विदेश पठाउँदा तोकिएको भन्दा बढी शुल्क लिने म्यानपावरकी लेखापाललाई रंगेहात पक्राउ गरेको छ । काठमाडौंको गैरीधारास्थित वाई स्पेश इन्टरनेशनलकी लेखापाल अनिता प्रधान पक्राउ परेकी हुन् ।

विभागको टोलीले छड्के गर्ने क्रममा मलेसिया जाने एक कामदारसँग १ लाख ११ हजार रुपैयाँ लिँदै गर्दा प्रधानलाई नियन्त्रणमा लिएको विभागका प्रवक्ता मोहन अधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।

सरकारले मलेसियासहित खाडी मुलुक पठाउँदा १० हजार सेवा शुल्क मात्रै लिन पाउने ब्यवस्था गरेको छ । तर, १० हजारको बिल थमाएर सबै म्यानपावरहरुले कामदारहरुसँग लाखभन्दा बढी शुल्क असुलिरहेका छन् ।

यस्तो ‘ओपन सेक्रेट’का बीच २ वर्षसम्म पनि सरकारले एउटै म्यानपावरलाई बढी शुल्क लिएबापत कारवाही गर्न सकेको थिएन । विभागले फ्री भिसा र  फ्री टिकेट लागू भएको २ वर्षपछि पहिलो पटक विदेश जाँदा बढी शुल्क उठाउँदा-उठाउँदै रंगेहात पक्राउ गरेको हो ।

अहिले म्यानपावरमाथि अनुसन्धान सुरु भएको विभागले जनाएको छ । वैदेशिक रोजगार नियमावलीमा यसरी सरकारी निर्णयविरुद्ध काम गर्ने म्यानपावरलाई खारेज गर्न सक्नेसम्मको ब्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment