Comments Add Comment

नेपाली सेना मातहत आयो काठमाडौं-तराई द्रुतमार्ग


२७ साउन, काठमाडौं । राष्ट्रिय गौरवको उच्च प्राथमिकता प्राप्त काठमाडौं-तराई दु्रतमार्ग सडक आयोजना औपचारिक रुपमा नेपाली सेनाको मातहतमा आएको छ । गत बैशाख २१ गते मीनत्रपरिषद्ले द्रुतमार्ग सेनालाई बनाउन दिने निर्णय गरेको थियो ।

शुक्रबार जंगी अड्डामा एक कार्यक्रममा नेपाली सेनाका तर्फबाट इन्जिनियरिङ विभाग तथा आयोजना प्रमुख योगेन्द्रबहादुर खाँणलाई सडक विभाग मातहत तत्कालीन आयोजना प्रमुख सत्येन्द्र शाक्यले आयोजनाको औपचारिक हस्तान्तरण गरे ।

आयोजना हस्तान्तरण कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह सचिव सरोज प्रधान तथा नेपाली सेनाका तर्फबाट आयोजनामा खटिएकाहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment