Comments Add Comment

एनआरएन कुवेतको अध्यक्षमा अर्जुन तामाङ निर्विरोध

कुवेत । एनआरएन कुवेतको अध्यक्षमा अर्जुन तामाङ निर्विरोध निर्वाचित भएका छन् । यसैगरी आईसीसी संयोजकमा अमित राई, महासचिवमा हरि लावती, सचिवमा उमेश फुयाल, कोषाध्यक्षमा हर्क मोक्तान र युवा संयोजकमा गणेश रावत पनि निर्विरोध चुनिएका छन् ।

एनआरएनए कुवेतको आउँदो शुक्रबार पाँचौं राष्ट्रिय महाधिवेशन हुँदैछ । नयाँ कार्यसमितिका लागि मनोयन दर्ताको अन्तिम सूची प्रकाशित भइसकेको छ ।

निर्बाचन समितिले दिएको जानकारी अनुसार ३२ जनाले उमेद्वारी दर्ता गराएका मध्ये महिला संयोजकमा उमेद्वारी दर्ता गराएकी मधु मगरले आफ्नो उमेद्वारी फिर्ता लिएकी छन् ।

तीन उपाध्यक्ष पदका लागि अमृत बहादुर गुरुङ, सुमित्रा देवी पौडेल, बिष्णु परियार, अनिल लामा र राजु कार्कीसहित ५ जनाले उमेद्वारी दिएका छन् ।

एक जना महिला संयोजक पदको लागि तिन जनाको उमेद्वारी  परेको थियो । तर, मधु मगरले उमेद्वारी फिर्ता लिएपछि अब योगिना राई र सुष्मिता लिम्बु दुई जना भिड्नेछन् ।

सदस्य पदका लागि रमेश कुमार राई, अक्कल माया सुनुवार, उत्तर कुमारी सुनुवार, अमृता बान्तवा, बुद्धिमान तामाङ, सुवास श्रेष्ठ, गोविन्द न्यौपाने, गिता गुरुङ, मुकुन्द कार्की, रेशम विक, शिव कुमार श्रेष्ठ, रमिता तामाङ, निमा ग्याल्बो लामा तामाङ, श्याम कुमार लामा, सुन्दर गिरी, कुमार पुरी, राम्जी गुरुङ र सुनिता ताम्राकारको उमेद्वारी परेको छ ।

यसपटकको एनआरएनए कुवेतको उम्मेदवारी दर्ताको अन्तिम नामावली प्रकाशित भएसँगै तीन उपाध्यक्ष र एक महिला संयोजक पद बाहेक अन्य पदमा निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्ष र महिला संयोजकका लागि आन्तरिक सहमतिको लागि पहल शुरु भएको बुझिएको छ । निर्वाचन समितिले नयाँ कार्यसमितिको तिन उपाध्यक्ष र महिला संयोजकको टुंगो लागेपछि अधिवेशन कै दिन आधिकारिक घोषणा गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment