Comments Add Comment

माडीमा शनिवार बिजुली बल्ने

२७ साउन, चितवन । चितवनको माडी नगरपालिकामा २४ दिनदेखि बन्द रहेको विद्युत सेवा शनिवारबाट सञ्चालन हुने भएको छ ।

भूमिगत केबलमा समस्या आएपछि साउन ४ गतेदेखि माडीमा विद्युत सेवा अवरुद्ध छ ।

भारतबाट मगाइएको फल्ट एलोकेटर मेशिनले भूमिगत केवलमा भएको समस्या शुक्रबार पत्ता लगाएको छ । माडीको रिउ नदीदेखि १ किलोमिटर निकुञ्जतर्फ विद्युत केवल पञ्चर भएको अवस्थामा भेटिएको विद्युत प्राधिकरण भरतपुरका प्रमुख रामदुलार यादवले जानकारी दिए । एक्जाभेटरले खनेर केवल निकालिएको छ । सो केबल फेरेर अर्को नयाँ केबल जडान गरेपछि माडीमा बिजुली बल्ने उनले बताए ।

‘विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रसँग नै अतिरिक्त केवल छ,’ कार्यालय प्रमुख यादवले भने, ‘शनिवार बिहानै मर्मत गरी विद्युत सेवा सञ्चालन हुन्छ ।’

यादवले एलमुनियमको केवलमा आद्रता बढी भएर तातेको र कभर पन्चर भएको हुनसक्ने बताए ।

भारतबाट समस्या पत्ता लगाउने मेशिन ल्याएपछि केवलको फल्ट पत्ता लगाइएको हो । विद्युत नहुँदा माडीका ४ हजार बढी उपभोक्ता समस्यामा छन् । विद्युत नहुँदा अस्पताल, स्थानीय निकायका सेवा, पोल्ट्री व्यवसाय प्रभावित बनेका छन् ।

भरतपुर-चनौली, माडी ३३ केभी प्रशारण तथा ग्रामीण विद्युतीकरण आयोजनाले माडीमा गत कात्तिकमा विद्युत सेवा शुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment