Comments Add Comment

माउन्ट एभरेष्ट स्पोर्टिङ क्लबको अध्यक्षमा इन्द्र पोखरेल चयन

२७ साउन, काठमाडौं । इन्द्र प्रसाद पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति र बिभाग चयन गर्दै कुबेतको सबैभन्दा पुरानो संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लबको सातौं अधिवेशन सम्पन्न भएको छ ।

१९ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा आनन्द श्रेष्ठ, सचिवमा डम्बर रिमाल, सहसचिव सुरेश गुरुङ र कोषाध्यक्ष चन्द्र तामाङ छानिएका छन् यसैगरी जगेर्ना कोष संयोजकमा शिवराम पौडेल, खेलकुद संयोजकमा ऋषी थापा मगर, खेलकुद उपसंयोजकमा मोहन राई, महिला बिभाग संयोजकमा सरिता पौड्याल चुनिएका छन् ।

वरिष्ठ सदस्यहरुमा किरण पौड्याल, जय आले, ईन्द्र भुसाल, जगत मगर, जितेन थिङ छन् । यस्तै शिव श्रेष्ठ, राज मल्ल ठकुरी, केदार आलेमगर, कुमार श्रेष्ठ र केशव राई सदस्य रहेका छन् ।

नेपाली दूतावास कुबेतका द्वितीय सचिव भोगेन्द्र लिङदेनको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो ।

ईन्द्र भुसालको सञ्चालन र जय आलेमगरले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रमुख अथिति भोगेन्द्र लिङदेनले खेलकुददेखि सामाजिक कार्यसम्म क्लबले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि नयाँ निर्बाचित कार्यसमितिले अझ सक्रिय भएर लाग्ने बताए । उनले क्लबले गरेका राम्रा कार्यलाई नेपाली दूतावासले सदैब सहयोग गर्ने बताए ।

कार्यक्रममा वरिष्ठ सल्लाहकार राजेन्द्र तामाङ, मगर संघका अध्यक्ष मित्र सिंजाली, एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तमाङ, आईसिसी कोर्डिनेटर सुजन केसी, आदिबासी जनजाति महासंघ कुवेतका अध्यक्ष रमेश राई, पत्रकार तोयानाथ दाहाल, भोजपुर सेवा समाज कुवेतका अध्यक्ष कोषराज राई, २३ औँ विश्व आदिवासी दिवसको लागि कुबेत आएका जनजाती अभियन्ता आङकाजी शेर्पा, सुदुरपश्चिम सेवा समाज कुवेतका अध्यक्ष अम्मर खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment