Comments Add Comment

देउवा र प्रचण्डलाई देखाएर सुषमाले भनिन् – तपाईंहरुको इमान्दारिता प्रशंसनीय

कांग्रेस–माओवादी केन्द्र समीकरणप्रति भारत खुसी

२८ साउन, काठमाडौं । भारतीय विदेशमन्त्री सुषमा स्वराजले कांग्रेस–माओवादी केन्द्र सत्ता समीकरणको प्रशंसा गरेकी छन् । भारतको ७० औं गणतन्त्र दिवसका अवसरमा काठमाडौंस्थित भारतीय दूतावासले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई देखाउँदै भनिन् – देउवाजी र प्रचण्डजीबीच विश्वासको वातावरण देखियो । प्रचण्डजीले विभिन्न बाधा अवरोधबीच पहिले गरेको वाचाअनुसार सत्ता छाड्नु भयो ।’

स्वराजले उत्साहित हुँदै थपिन् – त्यसकारण अब अहिले देउवाजी सत्तामा हुनुहुन्छ । उहाँहरुबीच लोकतान्त्रिक पद्धतिमा भएको सहकार्यको म प्रशंसा गर्छु । यो नेपालका लागि एकखाले अध्याय हो ।’

यसो भनिरहँदा देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मुस्कुराइरहेका थिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment