Comments Add Comment

मोरङमा १५ सय घर डुबे, वृद्धाश्रमका तीन बेपत्ता

२८ साउन, काठमाडौं । अविरल वर्षापछिको डुबान र बाढीले मोरङमा धन–जनको क्षति भएको छ । बाढी र डुबानले  मोरङमा हालसम्म झन्डै १५ सय घर डुबानमा परेका छन् भने खोलामा आएको बाढीले बगाएर तीनजना बेपत्ता भएका छन् ।

लगातारको वर्षाले विराटनगरका ४, ५, ६, ११ र १२ नम्बर वडा पूर्ण रुपमा डुबेका छन् । डुबानबाट अन्दाजी ६ सय घर डुबेको र उनीहरुलाई सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

उता, रतुवामाई नगरपलिका ७, ८, ९ र ५ को रतुवा खोला र बक्राहा खोलाको बाँध फुटेर बस्तीमा पानी पसेको छ । पानी पसेपछि झन्डै ७ सय घर डुबानमा परेका छन् । डुबानमा परेका परिवारलाई सुरक्षित स्थानतर्फ सार्ने कार्य भइरहेको प्रहरी चौकी इटहराले जनाएको छ।

यस्तै धनपालथान गाउँपालिका–६ स्थित लोहोन्द्रा खोलाको बाँध फुटेर अन्दाजी १ सय ५० घर डुबानमा परेका छन भने रंगेली नगरपलिका–३ आमतोलामा ४ घर डुबानमा परेका छन्।

सुन्दर हरैचा नगरपालिकाका मेयर हिव ढकालका अनुसार, गछिया खोला र बूढी खोलामा आएको बाढीले बलिया खापमा रहेको बृद्ध आश्रमका तीन जना वृद्धाहरुलाई बगाएर बेपत्ता बनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment