Comments Add Comment

झापामा बाढी पस्यो, एकको मृत्यु, दुई बेपत्ता

बाढीले बिर्तामोडका ५० घर डुबे

२८ साउन, झापा । दुई दिनदेखि लगातार परेको वर्षापछि आएको बाढीले बगाउँदा झापामा एकजनाको मृत्यु भएको छ भने दुईजना बेपत्ता छन् ।

झापा गाउँपालिका–२, बालुवाटार बस्ने ३५ वर्षीया धनमाया घोरासैनीको माइखोलामा आएको बाढीले बगाएर ज्यान गएको हो । खोलाले बगाएर उनकी १५ वर्षीया छोरी कमला भने बेपत्ता छिन् ।

जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार शिवसताक्षी नगरपालिका–१, धरमपुरको राजबंशी चोक बस्ने २८ वर्षीय लेखनाथ पाण्डे (बिजय) पनि बेपत्ता छन् ।

साथीहरुसँग शिवगञ्जबाट घर फर्कने क्रममा झिलझिले खोलाले बगाउँदा उनी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय झिलझिलेको प्रहरी टोली खटाइएको छ ।

बिर्तामोडमा ५० घर डुबे
यसैबीच, प्रहरीका अनुसार बिर्तामोडको अदुवाखोलामा आएको बाढीले विर्तामोड नगरपालिका–३, शान्ति टोलमा रहेका ५० घर डुबानमा परेका छन् । त्यहाँ अहिले प्रहरीको टोली खटाइएको छ भने उद्दार कार्य जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment