Comments Add Comment

पत्रकार गिरिजा अधिकारीको नयाँ गीत बजारमा (अडियोसहित)


२८ साउन, हेटौंडा । मकवानपुरे पत्रकार गिरिजा अधिकारीको नयाँ गीत बजारमा आएको छ । गायक रामचन्द्र काफ्लेको आवाज रहेको ‘धरोधर्म म तिमीलाई मन पराउँछु…’ बोलको गीत बजारमा आएको हो ।

गीतमा अधिकारीको शब्द र विकास पाण्डेको संगीत रहेको छ । गीतलाई सुमन केसीले एरेन्ज गरेका छन् । पत्रकारितामा दरिलो उपस्थिति जनाएका पत्रकार अधिकारी साहित्यसँगै गीतसंगीतमा पनि लगाव राख्छन् ।

उनको अर्को गीत ‘मेरी सानीले..’ पनि बिन्दबासिनी म्यूजिकले बजारमा ल्याउँदै छ । सो गीतमा भने गायक रुपक डोटेलले आवाज दिएका छन् । सो गीत गायक डोटेलको ‘सानु’ एल्बमा समावेश गरिएको छ ।

स्टुडियो द पिकमा गितको रेकर्ड गरिएको हो । युवा पुस्तालाई नचाउने किसिमको गीत रहेको अधिकारीले बताए । अधिकारीको हालसम्म मकवानपुरे पत्रकारिता इतिहास र समीक्षासहित ४ कविता संग्रह बजारमा आइसकेको छ । अधिकारीले आफ्नो एल्बम बजारमा ल्याउने गरी काम सुरु गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment