Comments Add Comment

झापा अहिलेसम्मकै भारी वर्षा, १२६९ घरपरिवार विस्थापित

२८ साउन, झापा । झापामा शनिबार अहिलेसम्मकै सबैभन्दा धेरै वर्षा भएको छ । शिवसताक्षी नगरपालिका-१० मा रहेको गैंडे जल तथा मौसम मापन केन्द्रका अनुसार शनिबार ३७६.५ मिलिमिटर वर्षा भएको हो ।

यसअघि २०५२ साल भदौ ५ गते २७७.८६ मिलिमिटर वर्षा भएको थियो ।  अहिले साँझ झापाको कनकाई नदीमा पानीको सतहले खतराको सूचि नाघेको छ ।

अहिले साइरन बजिरहेको छ । कनकाई नदीमा पानीको बहाव ६.५ मिटरमा पुगेको छ । सामान्यतः पानीको सतह ४.२ पुगेपछि खतरा मानिन्छ ।

झापामा दुई दिनदेखि परेको अविरल वर्षाका कारण आउको बाढीमा परी चार जनाको मृत्यु भएको छ भने दुई बेपत्ता छन् ।

मृत्यु हुनेमा झापा गाउँपालिका वडा नं. २ की कमला घोर्सानी, वडा नं. ७ की कमला दर्लामी र शिवसताक्षी नगरपालिका वडा नं. १, धरमपुरका २८ वर्षीय लेखनाथ पाण्डे (विजय) छन् ।

यस्तै कमला खोलाले बगाएर कचनाकवलका २२ वर्षीय राम राजबंशीको मृत्यु भएको छ । विभिन्न नदीमा आएको बाढीका कारण ७ जना बेपत्ता छन् ।

जिल्लाका १ हजार २ सय ४९ घर परिवार प्रभावित भएका छन् भने १ हजार २ सय ६९ घर परिवार विस्थापित भएका छ । १ हजार १ सय ६६ घरमा आंशिक क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment