Comments Add Comment

विराटनगर जलमग्न, विमानस्थल प्रभावित (तस्वीरसहित)

२८ साउन, विराटनगर । अविरल वर्षका कारण विराटनगरका अधिकांश स्थान डुवानमा परेका छन् । पानीको निकास नहुँदा मुख्य राजमार्गलगायत बजार क्षेत्र नै डुवानमा परेको हो ।

राजमार्ग क्षेत्र मुनाल पथ महेन्द्र चोकलगायत स्थानका सडक जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ ।
पानीका कारण अहिलेसम्म कोही पनि बिस्थापित भने भएका छैनन् । हिजो साँझवाट परेको पानी यथावत रहेकाले प्रहरीले सम्भावित संकटबाट जोगिन सतर्कता बढाएको छ ।मोरङ प्रहरी प्रमुख अरुण बिसीले हिजो साँझवाट परेको पानी अहिलेसम्म नरोकिँदा विराटनगर क्षेत्र जलमग्न भएको जानकारी दिए । बिसीका अनुसार, विराटनगरका कतिपय स्थानका मानिसलाई उद्धार नै गर्नुपर्ने अवस्था सिर्जना हुन लागेको छ ।

विमानस्थल प्रभावित

लगातारको वर्षाले विराटनगर–४ स्थित आयल निगमको क्षेत्रीय कार्यालयको अन्दाजी १ सय मिटर कम्पाउण्डवाल भत्किएको छ भने विमानस्थल सुरक्षा गार्ड विराटनगरको भवन पूर्ण रुपमा डुबानमा परेको छ। क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार उक्त स्थानका प्रहरी कर्मचारी विमानस्थलको कार्यालयमा सारिएको छ।

२०७४ साउन २८ गते ९:१३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment