Comments Add Comment

राप्तीमा ठूलो बाढी आउने चेतावनी, तटिय क्षेत्रका बस्तीहरु डुवानमा

२८ साउन, नेपालगञ्ज । अविरल वर्षासँगै राप्ती नदीमा आएको बाढीले तटिय क्षेत्रका बस्तीहरु डुवानमा परेको छ । बाढीले राप्तीसोनारी गाउँपालिका-४ लालपुर गाउँका घर भत्काउँदा तीन बालिकाको मृत्यु भएको छ ।
अविरल वर्षाले कमीलाल थारुको घरभित्र पानी पसेर घर भत्किँदा तीन छोरीको मृत्यु भएको र आमा बेपत्ता भएको प्रहरी उपरीक्षक टेकबहादुर तामाङले बताए ।जल तथा मौसम विज्ञान विभागले राप्ती नदीमा अहिलेसम्मकै ठूलो बाढी आउन सक्ने बताएको छ ।साथै तटीय क्षेत्रका बस्तीमा रहेका मानिसहरुलाई सुरक्षित स्थानमा सार्थ आग्रह गरेको छ ।

अहिले भोजभगवानपुर, मटहिया, गंगापुर गाउँका मानिसहरुलाई हेलिकोप्टरबाट उद्दार गरिएको छ । उनीहरुलाई नरैनापुरको सुरक्षित स्थानमा लागेको छ ।

शुक्रबार राति १ बजेदेखि परेको वर्षाले राप्तीसोनारी गाउँपालिकाका बैजापुर, बिनौना र फत्तेपुर गाउँ तथा डुडुवा गाउँपालिकाका होलिया, बेतहानी, वनकटी र कम्दी गाउँ डुबानमा परेका छन् ।

कोहलपुर नगरपालिकाका केही गाउँ डुबानमा परेका छन् । अहिले राप्ती नदीको सतह बढ्दै गएपछि गाउँमा बाढी पस्ने जोखिम बढेको छ । घरभित्र पानी पसेपछि मानिसहरु छत तथा अग्लो स्थानमा बसेर सहयोग मागिरहेका छन् ।

स्थानीय प्रशासनले बाढी प्रभावित क्षेत्रमा गए रातिदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरेको निमित्त प्रजिअ कृष्ण खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment