Comments Add Comment

गोपाल हमाल विवेकशील साझा पार्टीमा, प्रदेश संयोजकको जिम्मेवारी पाए

२८ साउन, कैलाली । ‘सुन्दर सुदूरपश्चिम’का अभियन्ता गोपाल हमाल विवेकशील साझा पार्टीमा प्रवेश गरेका छन् । उनलाई प्रदेश ७ संयोजकको जिम्मेवारी दिइएको छ ।
शनिबार धनगढीमा भएको विवेकशील साझा पार्टीको भेलाले हमाललाई प्रदेश ७ को संयोजक चयन गरेको छ । पार्टीका सहसंयोजक रविन्द्र मिश्रले हमाललाई प्रदेश संयोजक बनाउने प्रस्ताव राखेका थिए, जसलाई उपस्थितले सहमति जनाएका छन् ।हालै सम्पन्न स्थानीय चुनावमा हमाल धनगढी उपमहानगरमा मेयरमा उम्मेदवमर बनेका थिए । स्वतन्त्र उम्मेदवार हमाल मेयरमा विजयी नृप वडका निकटतम प्रतिद्वन्द्वी रहे ।

प्रदेश संयोजक बनेपछि हमालले सुदूरपश्चिमका सबै जिल्लामा पार्टी विस्तार गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment