Comments Add Comment

पञ्चेश्वरको गाँठो फुक्छ र हिउँदमा पनि लोडसेडिङ्ग हुँदैनः राजदूत उपाध्याय

२८ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा विगतको सहमति कार्यान्वयनमा ठोस सहमति हुने भारतका लागि नेपालकाले बताएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा नेपाली राजदूत उपाध्यायले भने, ‘प्रधानमन्त्री देउवाको भारत भ्रमणमा विगतको सम्झौता र सहमति कार्यान्वयनबारे गम्भीर छलफल गरी टुंगोमा पुर्‍याउने मुख्य एजेण्डा बनेको छ ।’राजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनामा नमिलेका विषय मिलाउने, माथिल्लो कर्णाली जलविद्युत आयोजनाको निर्माण अगाडि बढाउने र अरुण तेस्रो जलविद्युत आयोजनाको दुवै देशका प्रधानमन्त्रीबाट संयुक्त शिलान्यासको टुंगो लाग्ने जानकारी दिए ।

उनले अघि भने, ‘यो भ्रमणले भारतसँग विगतमा पूर्वाधार विकासमा भएका सहमति र सम्झौता कार्यान्वयनलाई मूर्त रुप दिने गरी कुराकानी हुन्छ ।’

प्रधानमन्त्री देउवाले सम्झौता कार्यान्वयनका लागि समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय अधिकारीहरूसँग प्रष्ट कुरा राख्ने उपाध्यायको भनाइ थियो । ‘प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा विगतमा भएका समझदारीको पालना र कार्यान्वयन किन भएन भनेर प्रश्न गर्नुहुनेछ,’ उनले भने ।

प्रधानमन्त्रीको भ्रममणमा पञ्चेश्वरको डिपिआर तयार गरी काम अगाडि बढाउने मामलामा परेको गाँठो फुकाउने विषय प्राथमिकतामा रहेको बताए । दुई देशबीच सहमति नबन्दा महाकाली सन्धीको २२ वर्ष बित्दा पनि यस अन्र्तगतको पञ्चेश्वर परियोजनाको डीपीआर बन्न नसक्नुले दुवै देशलाई घाटा परेको बताए ।

छ हजार सात सय २० मेगावाट विजुली उत्पादन गर्ने आयोजना बन्न जति ढिलो हुन्छ, त्यति नोक्सान हुने उल्लेख गर्दै अब टुंग्याउने गरी सहमति गरिने स्पष्ट पारे ।

पञ्चेश्वरमा नमिलेको नदीको सीमा सम्बन्धि समस्या टुंग्याउन अन्तर्राष्ट्रिय मापदण्डलाई आधार मानिने बताए । उनले भने, ‘भारत र बङ्गलादेशबीच सीमानदीका विषयमा माथिल्लो र तल्लो तटीय सहकार्यको मोडालिटी अनुसार नेपाल र भारतबीच पनि सहमति बनाउनेबारे छलफल बढेको छ ।’

अरुण तेस्रो आयोजना निर्माणको शिलान्यास गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छिट्टै नेपाल भ्रमणमा आउने उनले बताए । दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा शिलान्यास गर्ने वातावरण बनिरहेको राजदूत उपाध्यायले बताए । उनले भने, ‘अरुण तेस्रो जलविद्युत आयोजना निर्माणको शिलान्यास गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी नेपाल आउने पक्का भइसकेकाले छिट्टै मिति घोषणा हुन्छ ।’

भारतका लागि नेपाली राजदूत उपाध्यायले आउँदो हिउँदमा लोडसेडिङ्ग नहुने गरी भारत विजुली दिन तयार भएको बताए । नेपालमा लोडसेडिङ्ग अन्त्य गर्न भारतको विशेष सहयोग रहेको भन्दै उनले भने, ‘आउँदो हिउँदमा लोडसेडिङ्ग नहुने गरी जति विजुली चाहिन्छ भारत दिन तयार भइसकेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment