Comments Add Comment

ब्रिटोसको गोलसँगै लिभरपुल बराबरीमा रोकियो

२८ साउन, काठमाडौं । ब्रिटोसले इन्जुरी टाइममा गरेको गोलको मदतमा बाटफोडले रोमाञ्चक खेलमा लिभरपुरललाई बराबरीमा रोकेको छ ।

शनिबार भएको लिगको आफ्नो पहिलो खेलमा लिभरपुल र वाटफोर्डले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

घरेलु मैदानमा भएको खेलमा बाटफोर्डले ८ औं मिनेटमा ओकाको गोलबाट अग्रता लिएको थियो । २९ औं मिनेटमा लिभरपुलका मानेले बराबरी गोलगरे । त्यसको ३ मिनेट पनि बित्न नपाउँदै डाउकोरेले ३२ औं मिनेटमा गोल गरे पहिलो हाफमा वाटफोर्डले २-१ ले लिड गर्‍यो ।
खेलको ५५ औं मिनेटमा पेनाल्टीमार्फत फिर्मिन्होले बराबरी गोल फर्काए भने दुई मिनेट नवित्दै र मोहम्मद सालाहले गोल गर्दा लिभरपुलले ३-२ को अग्रता दिलाए ।

रोमाञ्चक खेलमा लिभरपुल जित नजिक देखिएको थियो । तर, इन्जुरी टाइमको तेस्रो मिनेटमा ब्रिटोसले गोल गर्दै वाटफोर्डलाई हारबाट जोगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment