Comments Add Comment

त्रिभुवन विमानस्थललाई बाँदर र चराको डर

अरू विमानस्थल पनि पशुपंक्षीको जोखिममा

२९ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका प्रमुख आन्तरिक विमानस्थल पशुपंक्षीको जोखिममा रहेको पाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न विमानस्थलको अध्ययनपश्चात हालै सार्वजनिक गरेको वाइल्डलाइफ हजार्ड रिपोर्ट २०१७ ले यस्तो तथ्य बाहिर ल्याएको हो ।

प्रतिवेदनअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पशुपंक्षीबाट सबैभन्दा जोखिममा रहेको छ । त्यस्तै आन्तरिक विमानस्थलमध्ये भैरहवा, नेपालगञ्ज, विराटनगर र पोखरा तुलनात्मक रुपमा बढी जोखिमयुक्त रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा समेटिएको पाँच वर्षसम्मको तथ्यांक अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेषगरी चरा, कुकुर र बाँदरले जोखिम निम्त्याउन सक्ने पाइएको आजको गोरखापत्र दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment