शुक्रबार, ३ कार्तिक, २०७४
OnlineKhabar.com

शौचालय, प्रेम र वेथितीको कथा

अनलाइनखबर

फिल्म- ट्वाइलेट, एक प्रेम कथा

निर्देशक- श्री नारायण सिंह

स्टार कास्ट- अक्षयकुमार, भूमि पेडनेकर, द्वियेन्दु शर्मा, अनुपम खेर आदि

ट्वाइलेट अर्थात शौचालय । यो नाममा खास ग्ल्यामर छैन । तर, त्यसको पुच्छरमा ‘एक प्रेम कथा’ झुन्ड्याएपछि यो रहस्यमी बन्छ । शौचालयसँग प्रेमको के साइनो छ ?

सुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘ट्वाइलेट-एक प्रेम कथा’ भित्र त्यही रहस्यको पोकोपन्तुरो छ । अक्षय कुमार स्टारर फिल्मको प्रेम कथा सौचालयकै सेरोफेरोमा घुम्छ ।

सुन्दा अपत्यारिलो लाग्छ, तर नेपालमै पनि कतिपय शौचालयको पहुँचभन्दा बाहिर छन् । खुला स्थानमा शौच क्रिया गर्नुपर्ने अवस्था र वाध्यता धेरैतिर छ । भारत जस्तो अधिक जनघनत्व रहेको मुलुकमा शौचालयको अभाव खेप्ने पनि लाखौं छन् ।

खुला आकासमुनी सौच क्रिया गर्नु महिलाका लागि निकै लाजमर्दो हुन्छ । त्यसैले यस्तो काम अध्याँरोमै गर्नुपर्छ, घाम उदाउनुअघि । फिल्म ‘ट्वाइलेट एक प्रेम कथा’ले यस्तै मर्म उधिनेको छ ।

कस्तो छ कथा ?

केशव (अक्षय कुमार) र जया (भूमि पेडनेकर)को भेट ट्वाइलेटको सामुन्ने हुन्छ । उनीहरुको त्यही भेट प्रेममा बद्लिन्छ । र, प्रेम बिवाहमा ।

जब दुलही बनेर जया नयाँ घरमा भित्रिन्छन्, त्यहाँ शौचालय हुँदैन । अब उनले कस्तो चलन आत्मसात गर्नुपर्छ भने, बिहान सबेरै उठेर लोटामा पानी बोकेर खुला स्थानमा शौचक्रिया गर्नुपर्ने ।

जया पढे-लेखेकी छिन् । उनी खुला स्थानमा सौच गर्ने दुरवस्थालाई राजीखुसी सहन सक्दैनन् । चाहन्छिन्, घरमै शौचालय होस् । तर, उनको सोंचमा तगारो बन्छन् ससुरा -सुधीर पान्डे) । केशव पितासँग थर्कमान छन् । पिताको बिरुद्धमा जान उनलाई गाह्रो छ । यद्यपी महिलाको समस्या पनि उनले बुझेका छन् । अन्ततः केशवले पत्नीको साथ दिन्छन् । घरमा शौचालय निर्माण गर्ने बिषयले पैदा गरेको द्वन्द्व नै यस फिल्मको गुदी हो । केशव पिता र गाउँलेसँग जुध्छन्, शौचालयको लागि । बस् कथा यति हो ।

राम्रो/नराम्रो पक्ष

श्रीनारायण सिंह निर्देशित यो फिल्मले भारतको भित्री क्षेत्रमा लैजान्छ, जहाँ निम्न बर्गिय समाज छन् । निर्देशक र लेख -सिद्धार्थ-गरिमा)ले फिल्मलाई दुई भागमा बाढेका छन् । मध्यन्तरअघिको माहौल हल्काफुल्का छ । केशव र जयाको रोमान्सलाई हाँस्य शैलीमा प्रस्तुत गरिएको छ । झन्डै ५० बर्षको छेउछाउ पुगेका अक्षय कुमारको उमेर कहिं कतै हावी देखिन्छ । जबकी फिल्मको कथाले उनलाई ३६ बषिर्य देखाएका छन् र यत्तिका उमेरमा पनि उनले दुलही पाएका छैनन् ।

कति दृश्यले त दर्शकलाई गजबसँग हँसाउँछ । तर, कति दृश्य अनावश्यक पनि लाग्न सक्छ । केहि दृश्य र गीतले फिल्मलाई रसिलो होइन बरु भद्दा बनाएको छ । दोस्रो हाफपछि फिल्म थोरै गंभिर बनेको छ । ट्वाइलेटवाला मुद्दा सघन हुँदै जान्छ ।

सिद्धार्थ र गरिमाले लेखेको कथा एवं स्क्रिप्टको सबैभन्दा ठूलो कमजोरी यो हो कि, फिल्ममा अब के हुन्छ भन्ने सहजै अनुमान गर्न सकिन्छ । र, सबैभन्दा शसक्त पक्ष यो हो कि, एउटा गंभिर बिषयलाई मनोरञ्जनात्मक र रोचक ढंगले पेश गरिएको छ ।

निर्देशक नारायण सिंहको कामबाट थाहा हुन्छ कि, उनले ग्रामिण मानसिकतालाई राम्ररी बुझेका छन् । गाउँ र सानो शहरको माहौल उनले निकै राम्ररी क्रिएट गरेका छन् । फिल्ममा सन्देससँगै मनोरञ्जन पनि हुनुपर्छ भन्ने कुरामा उनी कहि चुकेका छैनन् । यद्यपी प्राविधिक पक्ष थोरै कमजोर छ । कतिपय अवस्थामा सेट नक्कली लाग्छ । भिएफएक्स पनि फितलो लाग्छ ।

फिल्मको सम्पादन उनी स्वंमले गरेका हुन् । त्यसैले उनले आफ्नो दृश्यलाई काट्न लोभ गरेका छन् । त्यही कारण फिल्म अनावश्यक तन्किएको छ । जस्तो कि, सना खानको प्रसंगले फिल्ममा कुनै माने राख्दैन । गीत र होलीको दृश्यमा पनि छोट्याउने ठाउँ थियो ।

अक्षयकुमारले आफ्नो काम एकदमै शसक्त ढंगले गरेका छन् । रोमान्टिक र गंभिर दृश्य दुबैमा जमेका छन् । त्यस्तै अभिनेत्री भूमि पेडनेकरको अभिनय शानदार छ । दृश्य अनुसार उनले आफ्नो हाउभाउलाई अति स्वभाविक ढंगले पेश गरेकी छिन् । तर, फिल्ममा अनुपम खेरको भूमिकाको कुनै अर्थ छैन ।

२०७४ साउन २९ गते १०:३६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this