Comments Add Comment

बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न गृहमन्त्रीको टोली पश्चिम नेपालमा

माैसम अनुकुल भए पश्चिमबाट सिधै पूर्व जाने

फाइल तस्वीर

२९ साउन, काठमाडौं । गृहमन्त्री जनार्दन शर्मासहितको टोली बाढी र डुबान प्रभावित क्षेत्रको अवलोकनमा निस्किएको छ ।

काठमाडौंबाट बिहान बाँकेको नेपालगञ्ज गएको टोली बर्दियाको अवलोकन गरेर पूर्वी जिल्ला प्रस्थान गर्नेछ ।

यति एयरलाईन्सको प्लेन चार्टर गरेर टोली पश्चिम नेपाल गएको हो । पूर्वतर्फको मौसम खराब भएकाले तत्कालका लागि पश्चिम जिल्लाको अवलोकन गर्न गएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

‘मौसमले साथ दियो भने पश्चिमबाट सिधै पूर्व प्रस्थान गर्छौं, मिलेन भने काठमाडौं आएर पूर्व जानुपर्ला,’ गृहमन्त्री शर्माका सहयोगी सन्तोष पौडेलले भने ।

अवलोकन टोलीमा गृहमन्त्री जनार्दन शर्मासहित, सुरक्षा अंगका प्रमुखहरु, स्थानीय नेता तथा सांसदहरु र नेपाल सरकारका केही सचिवहरु छन् ।

अबिरल वर्षापछिको बाढी र डुबानले देशभरको अवस्था अस्तव्यस्त भएको छ । मौसम खराबीका कारण उद्धार तथा राहत पुर्‍याउने काम समेत प्रभावकारी हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment