सोमबार, ६ कार्तिक, २०७४
OnlineKhabar.com

देउवाले बोलाए कांग्रेस कार्यसम्पादन समितिको आकस्मिक बैठक

अनलाइनखबर

२९ साउन,काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक आज दिउँसो बस्दैछ ।

बाढी पहिरो र डुबानको समस्याका बारेमा छलफल गर्न सभापति शेरवहादुर देउवाले आकस्मिक केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

बैठक दिउँसो ४ वजे प्रधानमन्त्री निवास वालुवाटरमा बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।

नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आइतवार बिहान पार्टी सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आकस्मिक केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउन आग्रह गरेका थिए । पौडेलको आग्रहपछि सभापति देउवाले दिउँसो चार वजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

मुख्य सचिव पौडेलका अनुसार बाढी पहिरो तथा मधेसमा देखिएको डुवानको समस्या समाधान र तत्काल उद्धारका बिषयमा छलफल हुनेछ ।

२०७४ साउन २९ गते १०:५० मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this