Comments Add Comment

शिखर नगरपालिकामा उद्योग बाणिज्य संघ गठन

२८ साउन, डोटी । स्थानीय तहको पुनर्संचनासँगै डोटी उद्योग बाणिज्य संघले पनि स्थानीय तहस्तरीय संघहरु बिस्तार गर्न सुरु गरेको छ । शनिवार शिखर नगरपालिकास्तरीय उद्योग बाणिज्य संघ गठन भएको छ ।

डोटी उद्योग बाणिज्य संघका सदस्य दिपकबहादुर खड्काले दिएको जानकारी अनुसार नगर क्षेत्रभित्र रहेका व्यवसायीहरुको भेलाले उद्योग बाणिज्य संघको नगर तदर्थ समिति गठन गरेको छ ।

तदर्थ समितिमा अध्यक्ष टेकबहादुर बोहरा, उपाध्यक्ष रामचन्द्र ओझा, महासचिव भीमबहादुर बलायर र कोषाध्यक्ष लक्ष्मी मल्ल रहेका छन् ।

समितिका सदस्यहरुमा माधब राज पन्त, प्रेमबहादुर बलायर, जगन्नाथ बलायर, भरत बहादुर सिंह, सगराम कार्की, भरत पार्की र राम बहादुर कुँवर चयन भएका छन् । पहिलो भेलाबाट चयन भएको तदर्थ समितिले बिधानको मस्यौदा तयार गरी जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्ने निर्णय गरेको खड्काले जानकारी दिए ।

भेलाका प्रमुख अतिथि डोटी उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले नगरको व्यवसायिक योजना निर्माणका लागि जिल्ला संघबाट गर्नु पर्ने सहयोगका लागि आफू तयार रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment