Comments Add Comment

‘ऐश्वर्य’को गीत हिट, दीपिकाले देखाइन् संभावना


शुक्रबार सार्वजनिक भएको चलचित्र ‘ऐश्वर्य’को ‘तिमी रोएको पल तिमीलाइ’ बोलको गीतले छोटो समयमै दर्शकको मन जितेको छ । सार्वजनिक भएको २ दिनमै युटुबमा ५ लाख ६० हजार भन्दा बढी पटक हेरिएको यो गीतको शब्द, संगीत र स्वरको तारिफ भैरहेको छ ।

अर्जुन पोखरेलको शब्द तथा संगीतमा तयार भएको गीतमा अन्जु पन्त र सुगम पोखरेलको स्वर छ । कात्तिक २ गतेबाट रिलिज हुने यो चलचित्रबाट नव-नायिका दीपिका प्रसाइ चलचित्र क्षेत्रमा प्रवेश गर्दैछिन् । दीपिकाले पनि यो गीत सार्वजनिक भएसँगै राम्रो तारिफ पाइरहेकी छिन् । दीपिकालाई नेपाली चलचित्र क्षेत्रमा संभावना बोेकेकी नायिकाको रुपमा हेर्न थालिएको छ ।

सामाजिक संजालमा गीतका हरफहरु भाइरल भैरहेका छन् । दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रमा रमेश उप्रेती, केकी अधिकारी र दीपिका प्रसाँइको मुख्य भूमिका छ । लभ स्टोरी चलचित्रको यो गीतले दर्शकलाई हलसम्म तान्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment