Comments Add Comment

डेम्बेले अनिश्चितकालसम्म निलम्बित

२९ साउन, काठमाडौं । बोरुसिया डर्टमुन्डले फवार्ड उसमान डेम्बेलेलाई अर्को सूचना जारी नभएसम्मका लागि निलम्बन गरेको छ ।

बिहीबारको ट्रेनिङमा अनुपस्थित रहेको भन्दै उनलाई सोमबारसम्म निलम्बित गरिएको थियो । तर, यो अर्को सूचना जारी नभएसम्म लम्ब्याइएको छ ।

स्पेनिस क्याटलान बार्सिलोनाले फ्रान्सेली फवार्ड डेम्बेलेलाई भित्र्याउने प्रयास गरिरहेको छ । तर, डर्टमुन्डले बार्सिलोनाको प्रस्ताव अस्वीकार गरेको छ ।

बोरुसियाका फुटबल डाइरेक्टर माइकल जोर्कले १९ तारिखमा हुने बुन्डेजलिगाको पहिलो खेलमा केन्द्रीत रहेको बताए । उनका अनुसार डेम्बेलेलाई एकल ट्रेनिङ गर्ने अवसर भने रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment