Comments Add Comment

धरानमा दोश्रो क्रस कन्ट्री माउण्टेन बाइक रेस हुने


२९ साउन, काठमाडौं । धरानमा दोश्रो क्रस कन्ट्री माउण्टेन बाइक रेस हुने भएको छ । नेशनल साइक्लिङ एसोसियसनले विश्व पर्यटन दिवसको अवसर पारेर भदौ ३१ गते धरानमा दोश्रो क्रस कन्ट्री माउण्टेन बाइक रेस आयोजना गर्ने भएको हो ।

खुल्ला समूह र अण्डर १९ उमेर समुह गरी २ बिधामा सम्पन्न हुने प्रतियोगिताका विजयीले क्रमशः ५०, ३० र २० हजार नगद पुरस्कार प्राप्त गर्ने एसोसियसनका अध्यक्ष जिवन राईले जानकारी दिए ।

प्रतियोगीतमा सहभागिताका लागि भदौ २५ गतेदेखि नाम दर्ता सुरु भैसकेको छ ।

३० किलोमिटर दुरीको दोश्रो क्रस कन्टि्र माउण्टेन बाइक रेसमा सहभागिताका लागि नेशनल साइक्लिङ एसोसियसनको फेसबुक पेजमा नाम दर्ता गराउनुपर्ने व्यवस्था गरिएको छ ।

एसोसियसनले गत वर्ष पनि विश्व पर्यटन दिवसकै अवसर पारेर प्रथम क्रस कन्ट्री माउण्टेन बाइक रेस आयोजना गरेको थियो ।
नेपालमा खेलकुद पर्यटनको सम्भावनालाई उजागर गर्ने उदेश्यले प्रतियोगीताको आयोजना गरेको एसोसियसनका अध्यक्ष राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment