Comments Add Comment

यी युवती बन्दैछिन् दुनियाकै अग्ली बेहुली

ब्राजिलियन युवती एलिसेनीको लम्बाई ६ फुट ८ इन्च छ । २० वर्षकी एलिसेनीले छिटै बिहे पनि गर्दैछिन् र उनी दुनियाकै सबैभन्दा अग्ली बेहुली बन्नेछिन् ।

एलिसेनी डा क्रुजले आफुजस्तै अग्लो बेहुलो रोजिन् भन्ने सोच्नुभयो भने तपाईं गलत हुनुहुन्छ । पेशाले निर्माण मजदुर रहेका उनका हुनेवाला बेहुला फ्राकिनाल्डो उनीभन्दा १ फुट चार इन्च होचा छन् ।

एलिसेनी र फ्राकिनाल्डो तीन वर्षदेखि प्रेम सम्बन्धमा छन् र पछिल्लो एक वर्षदेखि लिभ इन रिलेसनमा । अब उनीहरुले बिहे गर्ने निधो गरिसकेका छन् । बिहेसँगै एलिसेनीले दुनियाकै अग्ली बेहुलीको कीर्तिमान राख्नेछिन् ।

एलिसेनीको शरीर त्यति अग्लो हुनुको खास कारण चाहीँ ट्युमर रहेछ । उनी पिट्युटरी ग्रन्थीको ट्युमरबाट पीडित छिन् । जसका कारण उनको जीउको उचाई लगातार बढिरह्यो । उनलाई आफ्नो उचाईका कारण समस्या भने भोग्नुपर्यो । उनले मोडलिङ गर्ने सोच राखिन् तर सफलता मिलेन ।

तर अन्ततः आफ्नो जिवनसाथी फेला परेपछि चाहीँ उनी निकै खुसी छिन् । आफू बिहेको उत्कट चाहना र प्रतीक्षामा रहेको उनी बताउँछिन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment