Comments Add Comment

मधेस झरेका धुर्मुसले भने- टाउको दुख्ने र झाडापखालाका बिरामी भेटिए

नमूना मुसहर वस्तीमा धुर्मुसको फोन- बाढीले के-के गर्‍यो ?

३० साउन, काठमाडौं । बाढीपीडितको सहयोगका लागि बर्दिबास झरेका सीताराम कट्टेल ‘धुुर्मुस’ले आफ्नै पहलमा बनेको मुसहर बस्ती हेर्न जान पाएनन् । उनले टेलिफोन गरेर सोधे- त्यताको हालखबर के छ ?

तराईमा बाढी गएको सुन्नेवित्तिकै सीताराम र कुञ्जनालाई लागेको थियो, हामीले बनाएको मुहसर बस्ती कस्तो भयो होला ? तर, मुसहर बस्ती सुरक्षित रहेको जानकारी पाउँदा उनीहरु खुशी भए ।

नमूना बस्तीमा बाढीले केही पनि बिगार नगरेको सूचना पाएपछि धुर्मुस धनुषातिर लागेका छन् । सोमबार बिहानसम्म उनी धनुषामा थिए । सिराहा, सप्तरी, मोरङ र सुनसरी हुँदै बेलुकासम्म झापा पुग्ने योजना छ धुर्मुसको ।

‘अहिले हामी धनुषामा छौं । राहत वितरणका लागि हिँड्नै लाग्यौं, पीडितहरुलाई सहयोग गर्दै पूर्व लाग्ने योजनामा छौं’ सीतारामले अनलाइनखबरसँग कुरा गर्दै भने ।

टाउको दुख्ने र झाडापखालाका बिरामी भेटिए

नेपाल सरकारको सफाइ दूत समेत रहेका धुर्मससँग एकजना डाक्टर र दुई सहयोगीसहित १२ जनाको टोली छ । उनको टोलीले आइतबार बेलुका धनुषामा ४५ जनाभन्दा बढीको उपचार गरेको छ । बाढीपीडितहरुमा विषेश गरी झाडापखाला र टाउको दुख्ने समस्या देखिएकोे उनले जानकारी पाए ।

‘बाढीपछि धेरै जसोमा झाडा पखालाको समस्या देखियो । टाउको दुख्ने समस्या पनि उस्तै बढेको रहेछ ।’ सीतारामको भनाइ थियो ।

पानी पर्नुअघि अत्यधिक गर्मी भएको र अहिले एक्कासी चिसो बढेकाले टाउको दुख्ने समस्या बढी भएको सीतारामले बताए । उनको टोलीमा सहभागी चिकित्सकले चिन्ताका कारण पनि सर्वसाधारणमा टाउको दुख्ने समस्या रहेको जानकारी दिए ।

बाढी प्रभावित क्षेत्रमा महामारी नफैलियोस् भन्नका स्वास्थ्य टोलीलाई संगै लिएको हिँडेका सीतारामले खाद्य सामाग्रीको वितरणको साथी बिरामीलाई उपचार पनि गर्ने गरेका छन् ।

अगुवाबाटै सामाग्री वितरण

बर्दीबासबाट खाद्य सामाग्री लिएर मधेस छिरेका सीतारामले प्रभावित व्यक्तिको अवस्था हेरेर खाद्य सामाग्री वितरण गर्ने गरेका छन् । कतिपयको घरमा पकाउने भाँडाकुडा समेत नभएकाले तयारी खानेकुरा, चिउरा, दालमोट, बिस्कुट, चाउचाउ, भुजा लगायतका सामग्री लिएर गएका छन् । ओछ्याउने म्याटहरु पनि छ ।

प्रायः बाढी पीडितहरु सामुदायिक भवन एवं विद्यालयमा जम्मा भएर बसेकाले स्थानीय अगुवाहरुकै सहयोगमा धुर्मुसले राहत सामाग्री वितरण गर्ने गरेका छन् । ‘स्थानीय अगुवामार्फत खाद्य सामग्री वितरण गर्छौं त्यसो गर्दा समानुपातिक वितरण गर्न सजिलो हुन्छ ।’ सीतारामले भने ।

सहयोगीहरुलाई अपिल

फाउण्डेशनका अध्यक्ष सीतारामले सहयोगीहरुलाई अपिल गर्दै भनेका छन् ‘यो संकटको घडीमा बाढी पीडितहरुलाई सहयोग गर्न चाहनुहुन्छ भने हामीसँग हातेमालो गर्न आउनुस् ।’

भूकम्प प्रभावितहरुलाई घर निर्माण गरेर पुनर्निर्माणमा योगदान पुर्‍याएको धुर्मुस सुन्तली फाउण्डेशनले तराईमा बाढी गएलगत्तै तराइका बाढी पीडितलाई राहत सामग्री वितरण गर्ने निर्णय गरेको छ ।

आफ्नो संस्थाले घटनास्थलमा गएर पीडितहरुलाई प्रत्यक्ष भेटेर राहत सामाग्री वितरण गर्ने गरेको जानकारी दिँदै उनले भने ‘हामी पारदर्शी ढंगमा काम गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment